विष्णुप्रसाद पोखरेल/केदार पौड्याल
दमक/सोमबार प्रदेश नंं. १ का सामाजिक विकास मन्त्री जिबन घिमिरे दमकको मालपोत कार्यालय सहित केहि कार्यालय र दमक आउने सूचना केहि ब्याक्तिहरुलाइ मात्र थियो । सुरक्षाकर्मीलाइ समेत जानकारी थिएन ।
कारण थियो अनुगमन । त्यो पनि शौचालयको । मन्त्री घिमिरे मन्त्रालयका कर्मचारीहरु सहित आएर सिधै शौचालय हेर्न थाले । सबै छक्क परे । मन्त्री आएर के अनुगमन गर्ने खोजे भने डरले थरर बनेकाहरु शौचालय हेर्न आएको थाहा पाएपछि दंग परे ।
एमाले दमक नगर अध्यक्ष बोधराज घिमिरे, दमक वडा नं. ५ का वडाध्यक्ष इन्द्र गुरुङ्ग, स्थानीय सामाजिक अगुवा हिमालयप्रसा दाहाल दमक उद्योग बाणिज्य संघका उपाध्यक्ष युवराज घिमिरे लगायत सहभागि रहेपनि उनिहरुलाइ समेत मन्त्रीले शौचालयमात्र हेर्छन भने जस्तो लागेको थिएन ।
दमक बहुमुखि क्याम्पसको शौचालय एकक्षण पनि बस्न नसकिने अवस्था रहेको पाएको भन्दै उनि छक्क परेका थिए । शौचालय अनुमनमा पुगेकाहरु त्यहाँ पुग्नसाथ हवास्स गन्ध आएको थियो । इलाका प्रहरी कार्यालय दमकको शौचालय त भरिएर दिशापीसाव नै बाहिर रहेको पाइएको थियो ।
मन्त्री घिमिरेले शौचालयहरुको अवस्थाको बिषयमा मन्त्रालयले अनुगमन प्रतिवेदन बनाएर सार्वजनिक गरिने उल्लेख गरे । मानिसलाइ शुरुमा यो के गरे जस्तो लागेपनि आफूले घरको भान्सा र शौचालय उस्तै सफा राख्नु पर्छ भन्ने मान्यता स्थापित गराउन यो कदम चालेको बताए । सरसफाइ सभ्यताको एउटा परिचय भएको भन्दै शौचालयलाइ पनि भान्सा जस्तै सफा सुग्घर राखिनु पर्नेमा जोड दिए ।



