काठमाडौं। नेपाली काँग्रेसले राष्ट्रपतिमा एमाले माओवादी उमेद्वार विद्या भण्डारीलाई निर्विरोध हुन नदिने भएको छ। काँग्रेसले वहालवाला राष्ट्रपति समेत रहेकी भण्डारीको प्रतिष्पर्धामा काँग्रेस नेतृ लक्ष्मी राईलाई उठाउने भएको हो।

काँग्रेसमा राईका अतिरिक्त अर्का नेता मान बहादुर विश्वकर्मालाई पनि उठाउने बारेमा चर्चा भएको थियो। तर एमाले माओवादी गठवन्धनका तर्फबाट महिला उमेद्वार भएका बेला राई नै उमेद्वार हुन उपयुक्त हुने निष्कर्षमा सभापति शेर बहादुर देउवा सहितका काँग्रेस नेताहरु पुगेका थिए। शहीद दिवान सिंह राईकी छोरी लक्ष्मी नेपाली काँग्रेसमा परिचित नाम हो। नेपाली काँग्रेसमा दिवानसिंह राई श्रद्धाले लिइने नाम हो।

भोजपुरमा जन्मिएकी वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई पुन राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेसंगै काँग्रेसले पनि भोजपुरकै चेली राईलाई उमेद्वार बनाउने अन्तिम तयारी गरेको हो। काँग्रेस केन्द्रीय समितिले राईको पक्षमा औपचारिक निर्णय गरे राष्ट्रपतिमा भोजपुरमा जन्मिएका दुई महिलाका बीचमा प्रतिष्पर्धा हुने देखिएको छ । २९ गते हुने राष्ट्रपति निर्वाचन हुँदै छ भने बुधवार मनोनयन हुँदैछ ।

आफ्नो उमे्द्वारको जीत नहुने देख्दा देख्दै पनि काँग्रेसले राष्ट्रपतिमा भण्डारीलाई निर्विरोध हुन नदिने सन्दर्भमा मात्र उमेद्वारी दिन लागेको काँग्रेस नेताहरु बताउँछन। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेर गरेका व्यवहारका कारण काँग्रेस राष्ट्रपतिसँग रुष्ट छ। राष्ट्रपति भण्डारीले शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका तीन जना राष्ट्रिय सभाका सदस्यको नाम लामो समयसम्म अनुमोदन नगरेर केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका तीन जनाको नाम तत्कालै अनुमोदन गरेपछि भण्डारीले दलीय चस्मा लगाएर व्यवहार गरेको काँग्रेसले प्रतिक्रिया जनाएको थियो।

एमालेले विद्या भण्डारीलाई उमेदवार नबनाएको भए राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष, उपाध्यक्ष सबै पदमा उम्मेदवार तय नगर्ने तयारीमा थियो। तर एमालेले भण्डारीलाई नै निरन्तरता दिने निर्णय गरेपछि काँग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निष्पर्षमा पुगेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah