एजेन्सी– फोर्ब्स म्यागेजिनले विश्वकै धनीहरुको नयाँ सूची सार्वजनिक गरेको छ। सन् २०१८ को सूचीमा अमेजनका मालिक जेफ बेजोस १ नम्बर धनीमा परेका छन्।

जेफको सम्पत्ती १ सय १२ अर्ब डलर छ। उनले यसअघिका पहिलो नम्बरका धनी बिल गेट्सलाई २२ अर्ब डलरले पछि धकेलेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विश्वका १० धनी, कसको सम्पत्ति कति?

१. जेफ बेजोस, अमेजन (१ सय १२ अर्ब)

२. बिल गेट्स, माइक्रोसफ्ट (९० अर्ब डलर)

३. वारेन बफे, हाथवे (८४ अर्ब डलर)

४. बर्नार्ड अर्नल्ट, एलभिएमएच (७२ अर्ब डरल)

५. मार्क जुकरबर्ग, फेसबुक (७१ अर्ब डलर)

६. अमेन्सियो ओर्टेगा, ब्रान्ड जारा (७० अर्ब)

७ कार्लोस स्लिम हेलु, अमेरिका मोबिल (६७ अर्ब १ करोड डरल)

८. चाल्र्स कोच, कोच इन्डस्ट्री (६० अर्ब डलर)

९. डेबिड कोच, कोच इन्डस्ट्री (६० अर्ब डरल)

१०. ल्यारी एलिसन, आरेकल सफ्टवेयर (५८ अर्ब ५० करोड डलर)