विष्णुप्रसाद पोखरेल
दमक । इलाका प्रहरी कार्यालय दमकले मानव बेचबिखनमा संलग्न रहेको आरोपमा ५ जनालाई मुद्धा दर्ता गरेर आवश्यक कार्वाही अगाडि बढाएको बताएको छ । एक होटल सञ्चालकसहित पाँच जनालाई मानवबेचबिखनअभियोगमा मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीले बताउनु भयो ।

होटलमा पेशेवर रुपमा यौनजजन्य गतिबिधि गराउने गरेको र मानव बेचबिखनमा समेत संलग्न रहेको सुराकीको आधारमा एकसाता अघि पक्राउ परेका ५ जनालाइ मुद्धा चलाइएको गिरीले बताउनु भएको हो ।

मोरङको मिक्लाजुङ घर भएकी १५ बर्षीया एक बालिकालाई विभिन्न प्रलोभनमा पारेर यौन क्रियाकलापमा संलग्न गराउन खोजेको आरोपमा पक्राउ परेकाहरु बिरुद्ध यसरी प्रहरीले मानवबेचबिखनको मुद्धा चलाएको जनाइन्छ ।

धनकुटा घर भएकी ३९ बर्षीया सलिना गुरुङ, मोरङ मिक्लाजुङकी १८ बर्षीया मञ्जना मगर, पाँचथर आङसराङकी रेवन सुब्बा, फिदीम–८ का २१ बर्षीय अर्जुन गुरुङ र दमक–५ का एसजि होटल सञ्चालक ३६ बर्षीय इन्द्रबहादुर राई बिरुद्ध प्रहरीले मुद्धा चलाएको इलाका प्रहरी कार्यालवय दमकको भनाइ रहेको छ ।

फागुन १ गते राती होटल सञ्चालक राइले ६ हजार रुपिया लिएर एक पक्राउ परेका रेवन सुब्बालाइ बालिकालाइ जिम्मा लगाएको थाहा पाएपछि यसमा संलग्न सबैलाइ प्रहरीले पक्राउ गरेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah