बोक्सीको अारोपमा किशोरी कुटपिट भएकाे घटनामा जाहेरी दर्ता गर्न नमान्ने इलाका प्रहरी कार्यालय सुख्खड कैलालीका निमित्त प्रमुख सइ दिनेश विष्ट निलम्बित भएका छन् ।

छानविनकाे क्रममा विष्टलार्इ निलम्बन गरिएकाे नेपाल प्रहरीका प्रवक्ता डिअाइजी मनाेज न्याैपानेले जानकारी दिए ।

विष्टसँग जिल्ला प्रहरी कार्यालय कैलालीले यस विषयमा छानविन गरिरहेकाे छ । उनलार्इ के कति कारणले जाहेरी दर्ता नगरिएकाे हाे भनी जिल्ला प्रहरी कार्यालयले लिखित रूपमा चित्तबुझ्दाे स्पष्टीकरण मागेकाे थियाे ।

घाेडाघाेडी नगरपालिका –५ देउकलियाकी १८ वर्षीया राधा चाैधरीलार्इ गत बिहीबार बाेक्सीकाे अाराेपमा ६ घण्टासम्म मरणासन्न हुने गरी कुटपिट भएकाे थियाे ।

बिहीबार नै इलाका प्रहरी कार्यालय सुख्खडमा जाहेरी दिन जाँदा प्रहरीले जाहेरी दर्ता गर्नुको सट्टा मिलापत्र गराउन दबाब दिएको पीडित किशोरीका आफन्तले बताएका थिए ।

किशाेरीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने रामबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेर बिहीबार नै छाडेको थियो । नयाँ पत्रिकाले घटनाकाे विस्तृत रिपाेर्ट सार्वजनिक गरेपछि सर्इ दिनेश विष्टमाथि कारबाहीकाे प्रकृया अघि बढेकाे हाे । नया पत्रिका बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah