विष्णुप्रसाद पोखरेल
दमक/दमक नगरपालिका, लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट, इलाका प्रहरी कार्यालय दमक र सवाल नेपाल डटकम(डिजिटल पत्रिका)ले लागुऔषध प्रयोगकर्ता बालबालिकाहरुको उद्धार र पुर्नस्थापनाका लागि पहल शुरु गरेपछि यसको सकारत्मक प्रभाव परेको पाइएको छ ।

दमक चोकबाट ३ जना बालकहरुको उद्धार गरेको दूइसातापछि थप दूइ जनाको पनि उद्धार भएको छ । ३ जनालाइ दमकको हेप्पी नेपालमा राखिएको छ भने शनिवार उद्धार गरिएका २ जनालाइ हेप्पी नेपाल समेतको सहयोगमा बिर्तामोड स्थित पुनर्जन्म समुह नेपालमा लगिएको छ ।

दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारी, लायन्स क्लव अध्यक्ष रुद्र गौतम, इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीले यसका लागि तदारुकता र पहल देखाउदै आएकाछन् । सवाल नेपाल डटकमले यसलाइ साथ दिदै आएको छ ।

नगरपालिका उपप्रमुख अधिकारीले सडक बालकहरु आफै सम्पर्कमा आएर सुध्रन चाहान्छौ भन्न थालेकाछन् । सवाल नेपाल र लायन्सले आफूहरुलाइ झक्झक्याएका कारण यो अवस्था आएको भन्दै सबै सडक बालकहरुलाइ उद्धार गरिदै जाने उनले बताइन् ।

लागुऔषधमा फसेका बालकहरुको कुरा सुन्दा आँखा रसाउने गरेको भन्दै अधिकारीले कुनै पनि हालतमा सडकका बालबालिकाहरुलाइ २ देखि ३ महिनाभित्रमा उद्धार गरिने उनको प्रतिबद्धता रहेको छ ।

https://www.youtube.com/watch?v=xoMaQipHp1c&feature=youtu.be

लायन्स क्लव अध्यक्ष गौतमले आफूहरुको सानो प्रयास र पहलकदमी सार्थक बन्दै गएको जनाउदै ३ जनाको उद्धारपछि २ जना आफै आएर सुधारका लागि सहयोग गरिदिन आफूहरुलाइ भनेको जनाए । उनिहरुको कुरा सुनेर आफ्नो आँखा समेत रसाएको उनी बताउछन् ।

हेप्पी नेपालमा राखिएका ३ जनाले हाँसिखुसि आफूहरुलाइ धन्यवाद दिएको भन्दै त्यसले आफूहरुलाइ भावकु बनाएको उनले जनाए । त्यहि प्रभावले थप २ जनाको उद्धार सम्भव भएको उनको भनाइ छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख गिरीले सडकमा १८ जना बालकहरु यस्तो अवस्थामा रहेको आफूहरुसंग रेकर्ड रहेको र ३ जनाको उद्धारपछि अरु पनि सुध्रन इच्छुक भएको पाएको जनाए ।

आफू ड्युटीमा जाँदा २ जना लागुऔषध प्रयोगकर्ता बालकहरुले आफू पनि साथीहरुजस्तै सुध्रन जाने र पढ्ने बताएपछि आफूले लायन्स क्लव अध्यक्ष गौतम, उपप्रमुख अधिकारी सहित सवाल नेपाल डटकमलाइ जानकारी गराएर उनिहरुको समेत उद्धार भएको गिरीले बताए ।

पुनर्जन्म समुह नेपाल बिर्तामोडका प्रमुख राजु गिरीले आफूहरु यस अभियानमा सहयोग गर्ने बताए । उनले यस प्रकारका बालबालिकाहरुलाइ उद्धार र पुर्नस्थापनाका लागि कुनै कमी नगर्ने बताए ।

उद्धार तथा पुर्नस्थापना कार्यमा नगरपालिका सामाजिक शाखा प्रमुख डम्बरराज बराल, सवाल नेपालका प्रबन्धक केदारबाबु पौड्याल, लायन्सकर्मी चन्द्र गजमेर र मनोज अग्रवाल लगायत सहभागि रहेका थिए । हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=xoMaQipHp1c&feature=youtu.be

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah