प्रचण्डले भने, ‘आठ जनालाई आफैंले प्रस्ताव गरेको छु । कति जनालाई प्रधानमन्त्री बनाए गिनिज बुकमा नाम लेख्न पाइन्छ ? ’ आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिँदै प्रचण्डले शान्ति प्रक्रियापछि १० वर्षमा १० प्रधानमन्त्री बनाएको भन्दै खुसी व्यक्ति गरे ।
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कतिजना प्रधानमन्त्री बनाए ? उनका अनुसार १० बर्षमा उनले १० जनालाई प्रधानमन्त्री बनाएको हिसाव निकालेका छन् । आफुले गरेको हिसाव उनले आइतबार व्यवस्थापिकासंसदमा सुनाएका छन् । प्रधानमन्त्रीले हिसाव किताब गर्दै गिनिज बुकमा नाम लेख्न मिल्छ भन्दै प्रश्न गरेपछि संसद भवनमा हाँसो गुन्जिएको थियो ।
‘नेपालमा शान्ति प्रक्रियामा आएपछिका १० वर्षमा १० प्रधानमन्त्री बनेका छन् त्यसमा सबैमा मेरो सहयोग छ ’ प्रचण्डले भने, ‘आठ जनालाई आफैंले प्रस्ताव गरेको छु । कति जनालाई प्रधानमन्त्री बनाए गिनिज बुकमा नाम लेख्न पाइन्छ ? ’ आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिँदै प्रचण्डले शान्ति प्रक्रियापछि १० वर्षमा १० प्रधानमन्त्री बनाएको भन्दै खुसी व्यक्ति गरे ।
माधव नेपाललाई संकेत गर्दै उनले कतिपयलाई संसदमा ल्याएर समेत प्रधानमन्त्री बनाएको बताए ।
उनले यसपटक पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने पहिलो हस्ताक्षरकर्ता भएकोमा गर्वानुभूति भएको बताए । उनले अहिलेो सरकार गठन प्रक्रिया र प्रधानमन्त्रीको समर्थन हिजोका सबै प्रक्रिया भन्दा नयाँ भएको पनि दावी गरे । उनले प्रधानमन्त्रीलाईै अब कुरा नगरेर काम गर्न पनि सुझाव दिए ।
जनताले भाषण हैन परिणाम खोजेका छन्
दाहालले नेपाली जनताले भाषण होइन, सिधै परिणाम खोजेको बताएका छन् । उनले नेपालमा भाषण धेरै भएकाले सिधै ‘एक्सन’ चाहिएकाले सरकारले त्यसतर्फ लाग्ने विश्वास व्यक्त गरे ।
मुलुकमा विद्यमान सबै प्रकारको बेथिती, विकृति अन्त्य गर्न कदम चाल्ने विश्वास व्यक्त गर्दै उनले भने, “सुरक्षा निकाय, प्रशासन, न्यायलय सबैतिर विकृति छ । प्रधानमन्त्रीलाई यी विषयमा जानकारी छ भन्ने उहाँको भनाइबाट स्पष्ट भएको छ । यो पटक जनताले जसरी भरोसा गरेका छन् । त्यसलाई कामबाट पुष्टि गरियोस् भन्ने नेपाली जनताको अपेक्षा छ । सरकारले परिणाम देखाउन शुरु गरोस् ।”
इतिहासमै पहिलोपटक दुई तिहाइ बहुमतको सरकार बनेको र सरकारको हात बलियो रहेकाले भ्रष्टाचार नियन्त्रण गर्न दृढताका साथ कदम चाल्न आग्रह गरेका छन् ।



