काठमाडौं- राष्ट्रियसभाको अध्यक्ष पदमा नेकपा एमालेका गणेश तिमिल्सिनाको एक्लो उम्मेदवारी परेको छ।

संसद सचिवालयले मनोनयनका लागि दिउँसो एक बजेसम्मका लागि दिएको समयसीमाभित्र एमाले उम्मेदवार तिमिल्सिनाले मात्र उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्ष पदमा तिमिल्सिनाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुने निश्चित भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आगामी बुधबार चुनावी प्रक्रियाबाट नतिजाको औपचारिक घोषणा हुनेछ।

अपराह्न साढे १२ बजे संसद भवनमा पुगेर तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका थिए। तिमिल्सिनाको प्रस्तावकमा खिमलाल भट्टराई र समर्थकमा दिनानाथ शर्मा र सुमनराज प्याकुरेल रहेका छन्।

वाम गठबन्धनको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष पद एमालेको भागमा परेको थियो। सोही सहमति अनुसार तिमिल्सिना राष्ट्रियसभाको अध्यक्ष बन्ने पक्का देखिएको छ। एमाले उम्मेदवारलाई माओवादी लगायतका दलहरुको समर्थन रहनेछ।

नेपाल लाईभ बाट