काठमाडौँ- त्रिभुवन विमानस्थलमा ढाकाबाट आएको युएस बंग्लाको एक विमानमा आगलागी भएको छ। उक्त विमानमा लागेको आगो निभाउने प्रयास भइरहेको छ।

उक्त विमानभित्रका यात्रुलाई उद्धार गर्ने प्रयास जारी रहेको सुरक्षाकर्मीहरुले बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आगो निभाउने प्रयासमा रहेका सुरक्षाकर्मीहरुका अनुसार ठूलो हताहतीको आशंका गरिएको छ।