काठमाडौँ, २८ फागुन । काठमाडौँमा केहीबेर अघि भएको यूएस बंगलाको जहाज दुर्घटनामा ज्यान गुमाएकामध्ये २० जनाको शव निकालिएको छ । थुप्रैको हताहती भएको अनुमान गरिएको छ ।
जहाजमा रहेका ६७ जनामध्ये २० जनाको शव भेटिएको हो । १७ जनाको मात्र उद्दार भएको छ । उद्दार गरिएकामध्ये १४ जनाको केएमसी र नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
बिमानस्थल स्रोतले दिएको जानकारी अनुसार, जहाजका को-पाइलटको ज्यान गएको छ । घाइते अबस्थामा उद्दार गरिएका को-पाइलटको केएमसी अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको हो ।
जहाज जलेर पूर्णरुपमा नष्ट भएको छ । एउटा पँखेटाबाहेक सबै जलेको छ । अहिले बिमानस्थल बन्द गरिएको छ ।
-दैनिक नेपाल बाट साभार



