काठमाडौँ- त्रिभुवन विमानस्थलमा ढाकाबाट आएको युएस बंग्लाको विमान धावनमार्गमा आगलागीले ध्वस्त भएपछि निधन भएका ३० यात्रुको शव अहिलेसम्म निकालिसकिएको छ।

अस्पतालमा लगेका यात्रुहरुमध्ये चार जनाको अवस्था अाशापूर्ण रहे पनि बाँकी यात्रुको अवस्था दुखद रहेको विमानस्थलमा रहेका एक उच्च सुरक्षा अधिकारीले देशसञ्चारलाई जानकारी गराए। बाँकी यात्रुलाई ध्वस्त भइसकेको विमानबाट निकाल्ने प्रयास जारी रहेको ती सुरक्षा अधिकारीले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विमानको अवस्था हेर्दा थप यात्रु जीवित रहने सम्भावना एकदमै कम रहेको सुरक्षाकर्मीहरुले बताएका छन्। उद्धार कार्यमा संलग्न एक उच्च सुरक्षा अधिकारीले  भने, ‘ठूलाे संख्यामा यात्रुको ज्यान गएको छ। हामीले ३० जनाको शव निकालिसकेका छौँ।’

युएस बंग्लाको उक्त क्यानेडियन एयरक्राफ्टमा ६७ यात्रु र चालकदलका चार सदस्य थिए। उक्त विमान ढाकाबाट काठमाडौँ आएको थियो।