२८ फागुन, काठमाडौं । यूएस बंगलाको अघि दिउसो भएको विमान दुर्घटनामा परेर ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा आज दुर्घटना भएको हो । दुर्घटनास्थलबाट २८ जनाको शव निकालिएको हो भने अस्पताल पु¥याइएका ८ जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रधानमन्त्री केपी शर्मा ओली सहित सरकारका बरिष्ठ अधिकारीहरु पुगेकाछन् । अहिले पनि उद्धार कार्य जारी रहेको जनाइएको छ । मृतकहरुको बिस्तृत विवरण आउन बाँकी रहेको छ ।



