दमक/आज दिउसो दुर्घटनामा ग्रस्त भएको यूएस बङ्ला विमानमा ३३ जना नेपालीहरु सवार रहेको र उनिहरुमध्ये अधिकाँशको मृत्यु भएको बताईएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाए अनुसार ३३ नेपाली सहित ६७ जना यात्रु र ४ जना चालक दलका सदस्यहरु यस बिमानमा रहेका थिए। बिमानमा रहेका धेरै नेपालीको ज्यान गएको पनि बताइएको छ। विस्तृत विवरण आउने क्रम जारी छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विमान दुर्घटनामा परेका ३० यात्रुहरुलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पुर्‍याइएको छ ।

अस्पताल लगिएकामध्ये ८ जनालाई चिकित्सकले मृत घोषणा गरेका छन् । बाँकी २२ जनाको उपचार भइरहेको छ ।

अस्पताल परिसरमा यात्रुका आफन्तहरुको भीड लागेको छ । र यहाँ आफन्तजनको रुवाबासीले वातावरण स्तब्ध बनेको छ ।