झापा/३० मंसिर — नगर उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा स्थानीय व्यवसायी जीवन राईको उम्मेद्वारी पक्का भएको छ । गौरादहमा लामो समयदेखी मोटरपार्टस र निर्माण क्षेत्रको व्यवसाय सञ्चालन गर्दैै आउनुभएका राईलाई नेपाली कांग्रेस गौरादहले सर्वसम्मत रुपमा उम्मेद्धार बनाउने निर्णय गरेसंगै अध्यक्षमा उहाको उम्मेद्धारी पक्का भएको हो । कांग्रेसका गौरादह नगर सभापति यादवराज सेढाइँको सभापतित्वमा स्थानीय व्यवसायी प्रतिनिधीहरु समेतको बैठकले सो निर्णय गरेको हो । लामो समयदेखी स्थानीयस्तरमा सामाजिक गतिबिधीमा सक्रिय रहेका राई लायन्स क्लब अफ गौरादहका उपाध्यक्ष र नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी तथा नेपाल तरुण दल झापा ६ का सभापति समेत हुनुहुन्छ ।

पश्चीम झापामा सभापति सेढाइँका अनुसार बैठकले राईलाई अध्यक्ष पदको सर्वसम्मत उम्मेद्धारका रुपमा अघि सार्दै अन्य पार्टी तथा व्यवसायीहरुहरुसंग सवांद अघि बढाउने समेत बैठकले निर्णय गरेको छ । सोही बैठकले निर्वाचनमा आवश्यकता अनुसार अन्य पदमा थप उम्मेद्धारहरुको चयन गर्न सभापति सेढाइँको संयोजकत्वमा ७ सदस्यीय उम्मेद्धार छनौट समिति पनि गठन गरेको छ । समितिका सदस्यहरुमा हेमन्त कार्की, टिकाप्रसाद श्रेष्ठ, अमृत कटुवाल, लक्ष्मी प्रसाइँ, ज्ञानेन्द्र खत्री र बाबुराम भण्डारी रहनुभएको कांग्रेस झापा क्षेत्र नम्बर ६ ले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर