हामी बंगलादेशमा भएको एउटा तालिममा सहभागी हुन गएका थियौं। हामी विभिन्न ट्राभल एजेन्सीमा काम गर्ने १६ जना नेपाली थियौं।

खासमा हिजो उड्नुपर्ने विमान आज उड्यो। हामी बंगलादेशबाट राम्रै तरिकाले आइरहेका थियौं । जब काठमाडौंमा ल्यान्ड गर्ने बेला भयो विमान अर्कै तरिकाले उडेको जस्तो अनुभव भयो।

यत्तिकैमा विमान जोडले हल्लियो। के भयो केही थाह पत्तो भएन। म विमानको झ्याल छेउमा थिए। एक्कासी ड्याम्म गरेको आवाज आयो। त्यसपछि के के भयो पत्तो नै पाइएन।

म झ्याल फोडेर बाहिर निस्के। कसले हो मलाई सिनामंगलको अस्पतालमा पुऱ्यायो । त्यहाँबाट साथीहरुले नर्भिक अस्पतालमा पुऱ्याए । मलाई घुडा र टाउकोमा चोट लागेको छ। भाग्यले बाँचे।

विमानमा १६ जना काठमाडौंका विभिन्न ट्राभल एजेन्सीका कर्मचारीहरु रहेको खुलेको छ।

रस्विता ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका कर्मचारी बसन्त बोहोरा, लक्की ट्राभल्सका कर्मचारी सनम शाक्य सहित विभिन्न १६ ट्राभल्स एजेन्सीका कर्मचारीहरु दुर्घटनाग्रस्त विमानमा यात्रारत रहेका थिए। साभार

बसन्त बोहोरा, रस्विता ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका कर्मचारीसँग जनकराज सापकोटाले गरेको कुराकानीमा आधारित

-हिमाल पोस्ट बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah