दमक/ हिजो अपरान्ह भएको बिमान दूर्घटनाको खबर सुन्न साथ प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै उद्धारमा जुटन नेपाल सेना सहित सबै सुरक्षा निकायलाइ तत्कालै निर्देशन दिए ।
केहि समयपछि उनि आफै दूर्घटनास्थलमा पुगेर घटनाको बिषयमा जानकारी लिए । उनले दूर्घटनामा मृत्यु भएका परिवारलाइ समवेदना प्रकट गरे । घाइतेहरुको उपचारको बन्दोबस्त सरकारले मिलाउने जनाए ।
उनि निक्कै भावुक भएका थिए । आँखाबाट आँशु झार्दै घटनाको विवरण सुनेको उनीसंगै रहेका एक प्रत्यक्षदर्शी एमाले नेताले बताए । सञ्चारमाध्यममा दिएको प्रतिक्रियामा पनि उनि धेरै भावुक थिए ।
प्रधानमन्त्री ओलीले यो दूर्घटनाको छानविनका लागि उच्चस्तरीय आयोग गठन गर्ने पनि बताएकाछन् ।




