चितवन- मुग्लिनबाट नारायणगढ आउँदै गरेको भारतीय नम्बरको ग्यास बुलेट त्रिशूली नदीमा गएराति खस्दा भारतीय चालकको मृत्यु भएको छ।

इच्छाकामना गाउँपालिका–६ पाँचकिलो भन्ने ठाउँबाट केएओ १ एएच २५९६ नंको बुलेट राति ९ः३० बजे त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चालकको बुलेटले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ। उनको नाम वतन खुल्न सकेको छैन। बुलेट खाली रहेको र अन्य यात्रु नरहेको बताइएको छ।

- नेपाल लाइभ डट कम बाट