नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीेले राष्ट्र र जनताको पक्षमा संविधानद्वारा निर्दिष्ट भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आज पदभार ग्रहण गर्ने क्रममा उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशसँगै मुलुक नयाँ संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेको वर्तमान अवस्थामा नेपाली जनताका प्रतिनिधिमार्फत दिइएको यो जिम्मेवारीलाई पूरा गर्ने अठोट व्यक्त गर्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विश्वका सबै राष्ट्रसँग आपसी सद्भाव, पारस्परिक लाभ र सम्मानका आधारमा घनिष्ट मैत्री सम्बन्ध बढाउँदै जाने नेपालको परराष्ट्र नीतिको मूलभूत लक्ष्यअनुरुप सम्बद्ध सबै पक्षबाट प्राप्त सहयोगको पनि उहाँले सराहना गर्नुभयो ।

राष्ट्रपति भण्डारीले २८ महिनाभन्दा बढी अवधिको पहिलो कार्यकालमा आमजनताबाट प्राप्त अगाध स्नेह तथा कार्य सम्पादनमा सरकार, राजनीतिक दल, राष्ट्रसेवक, नागरिक समाज, स्वदेश तथा विदेशमा बस्ने नेपाली समुदाय र आम सञ्चारजगत्बाट प्राप्त स्वतःस्फूर्त सहयोग र सद्भावका लागि धन्यवाद दिनुभयो ।

राष्ट्रपति भण्डारीले आजै राष्ट्रपतिका रुपमा प्रधानन्यायाधीश गोपाल पराजुलीबाट पद तथा गोपनीयतको शपथ लिनुभएको थियो ।