काठमाडौं ।

उमेर हदको कारण देखाउँदै पदमुक्त गरिएका प्रधानन्यायाधीश गोपाल पराजुलीको नाम सर्वोच्च अदालतको वेवसाईट बाट हटाइएको छ । पराजुलीले आफू नै प्रधानन्यायाधीश भएको दाबी गरेपछि सर्वोच्च प्रशासनले उनको नाम वेवसाईटबाट हटाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

धानन्यायाधीश पराजुलीलाई उमेर हदका कारण सेवा निवृत्त भएको भनी न्याय परिषद्का सचिवले पत्र मार्फत जानकारी दिएका थिए । पराजुलीले ६५ वर्षे उमेर हदका कारण पराजुलीले २१ साउनमै अवकास पाएको न्याय परिषद सचिवालयले जनाएको छ । यसबीच सर्वोच्च अदालतले कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशीले पेशी तोकेका छन् । अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेसँगै पेशी तोकेका हुन् ।

कायममुकायम प्रधानन्यायाधीश जोशीले आफ्नो एकल इजलाससहित १० वटा इजलास तोकेका छन्। बुधबार बिदामा रहेकासहित सबै १६ जना न्यायाधीशलाई नै पेशी तोकिएको छ। प्रधानन्यायाधीश गोपाल पराजुलीसँग विवाद भएपछि बुधबार आठ न्यायाधीशले पाँच दिन बिदा बस्ने निवेदन दिएका थिए।

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो ।