राष्ट्र र अदालत जोगाउने हो भन्ने अहिले कार्यरत सबै न्यायाधिशहरुलाई एकै पल्ट पदमुक्त गर्नु पर्छ ! प्रा.डा. युवराज संग्रौला, कानुनविद् तथा बिश्लेषक- भारतको पटना तथा दिल्ली विश्वविद्यालयबाट उच्च शिक्षा प्राप्त । नेपालको कानुनी क्षेत्रका स्थापित व्यक्तित्व । अन्तर्राष्ट्रिय कानूनका ज्ञाता । कानुनकर्मी, प्राध्यापक तथा कानुनी दर्शनका व्याख्याताका रुपमा परिचित । पुर्व महान्यायधिवक्ता । कानुन तथा मानवअधिकारसम्बन्धी दर्जन पुस्तक प्रकाशित । तीन दशकभन्दा लामो समयदेखी कानुन बिषय प्राध्यापन ।
बहुआयामिक व्यक्तित्व: प्राध्यापक, वरिष्ठ अधिवक्ता, साहित्यकार, लेखक, राजनीतिक बिश्लेषक । राजनीति, समाज, संस्कृति, राष्ट्र, कानुन, राष्ट्रिय सुरक्षा आदिबारे छापामा नियमित बिश्लेषण र अनुसन्धानमुलक लेख प्रकाशित । चर्चित पुस्तक नि:सङ्कोच अभिव्यक्तिका लेखकसंग न्यायपालिका विवाद, यसको कारण र डिजाइनबारे ? न्यायपालिकाको राजनीतिकरण कसरी र किन भयो ? राजनीतिक शक्तिहरुको भुमिका ? देशको भविष्य ? लगायत गम्भीर बिषयमा एपिवानको तमसोमा ज्योतिर्गमयमा टिकाराम यात्रीले युवराज संग्रौलासंग गरिएको कुराकानी :-
बरिष्ट अधिबक्ता युवराज संग्रौला भन्छन् ”अदालत र न्यायाधिस फरक कुरा हुन, कुनै पात्रको कुरा होइन, एक पटक शुसिला कार्कीलाई महाभियोग लगाइयो आज गोपाल पराजुलीलाई पात्र बनाएर हाम्रा संस्थाहरूलाई निकम्मा बनाइँदैछ । अदालत, अख्तियार, निर्वाचन आयोग, राष्ट्रपति जस्ता संस्थालाई क्रमै सँग निकम्मा बनाइदैछ; समग्रमा हाम्रो राष्ट्रलाई असफल बनाउने डिजाइन भित्र यो सब काम भइरहेको छ । ”
अन्तर्वार्ताको क्रममा संगौला भन्छन् पंचायतकालिन कठोर समयमा समेत प्रतिष्ठित रहेको अदालत २०४७ सालपछि क्रमिकरुपमा राजनीति छिर्दै गयो २०४७ को संबिधान लागु भएपछि त्यो बेलाका न्यायाधिशहरुलाई संयुक्त रुपमा पदमुक्त गरेर दरवारसंग नजिकका सम्बन्ध भएका तर न्याय कानुनको पक्षमा अडिक रहेका प्रचण्डराज अनिल जस्ता न्यायाधिशहरुलाई हटाइयो । यो क्रम निरन्तर बढ्दै गयो जसलाई कसैले सुधार्ने कोसिस नै गरेनन र आज नतिजा यस्तो भयो कि कुनै अमुक शक्तिले नेपथ्यबाट देशको मूल निकायहरुलाई प्रहार गर्दै छ जसको नतिजा स्वरूप प्रधानन्यायाधीश पराजुलीलाई पात्र बनाएर त्यो बेला पदमुक्त गरियो जुन बेला नवनिर्वाचित राष्ट्रपति सपथ लिदैथिए त्यो पनि उनै प्रधानन्यायाधीश पराजुलीसंग । जसको उद्देश्य राष्ट्रपतिय संस्थालाई विवादमा पारि यसको गरिमालाई नै समाप्त गर्नु हो ।
पुर्वमहान्यायाधिवक्ता समेत रहेका डा.संग्रौला आफ्ना सहकर्मी वकिलहरुले न्यायालयको गरिमा जोगाउन कसैको कितामा नउभिकन सर्बोच्च अदालत स्वाभिमानको रक्षार्थ उभिन आवाहन गरेका छन् । सुशिला कार्की र गोपाल पराजुलीको मानमर्दन गर्दै रमाएका जो कोहि न्यायाधिशहरुले पनि आउने भबिश्यमा यहि नियति भोग्नु पर्ने स्थित आउने गम्भीर अवस्थाबारे चिन्तित देखिन्छन डाक्टर संगौला ।
अदालतको गरिमा जोगाउन सरकारले नै वर्तमान संबिधानमा संसोधन गर्दै अहिलेसम्मका सबै न्यायाधिशहरुलाई एकै पल्ट पदमुक्त गरेर सक्षम ब्यक्तिहरुलाई न्यायाधिश न्युक्ति गर्नु पर्ने सुझावहरु पनि दिएका छन् संगौलाले यदि यसो नगरेमा आउदो समयमा अदालतको चक्करले कार्यपालिका , ब्यबस्थापिका , र राष्ट्रपतिय संस्था नै सधैको लागि मजाक र खेलौनाका बिषय हुने कटु टिप्पणी गर्छन ।
सुनौं है साह्रै राम्रा तर्क र तथ्य राख्दैछन संगौला , भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस
रास्ट्रपतिको सपथसंगै पर्नु संयोग मात्र हैन | Dr Yubraj Sangrula on Tamasoma Jyotirgamaya
-पाना खबरबाट










