काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेता सुवास नेम्वाङको प्रस्ताव अस्वीकार गरेका छन् । पाँचथरबाट प्रत्यक्षमा निर्वाचित वसन्त नेम्वाङलाई कानुनमन्त्री बनाउन प्रस्ताव लिएर शुक्रबार बालुवाटार पुगेका नेता नेम्वाङको प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गरेका हुन् ।

‘बरु तपाईं नै कानुनमन्त्री बन्नुस्, पोर्टफोलियो मिलाउँला,’ प्रधानमन्त्री–नेम्वाङ संवाद उद्धृत गर्दै निकट स्रोतले भन्यो, ‘त्यसपछि उहाँ बालुवाटारबाट बाहिरिनुभयो ।’ भेटमा नेम्वाङले ‘मेरो एकजनालाई मन्त्री बनाउनुप¥यो’ भनेर आग्रह गरेलगत्तै प्रधानमन्त्रीले नाम बताउन भनेका थिए । तर, नेम्वाङको प्रस्ताव सुन्नेबित्तिकै अस्वीकार गरेका प्रधानमन्त्रीले उनैलाई मन्त्री बन्न प्रस्ताव गरेका थिए ।

बालुवाटारबाट फर्किएलगत्तै नेम्वाङले निकटस्थहरूसँग आफू कानुनमन्त्री बन्न लागेको प्रचार शतप्रतिशत झुटो भएको दाबी गरेका थिए ।

यसैबीच एमाले वरिष्ठ नेता झलनाथ खनालले पार्टीबाट सरकारमा राम्रै व्यक्ति छनोट भएको भन्दै मन्त्रिपरिषद् सन्तुलित रहेको बताए । उनले स्थायी कमिटीको निर्णयअनुसार आफूसँगको परामर्शमै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेको पनि स्पष्ट पारे । ‘मोटामोटी रूपम राम्रै साथीहरूको छनोट भएको छ, त्यसैले मन्त्रिपरिषद् ठीकै मात्र होइन, सन्तुलित पनि छ,’ खनालले भने, ‘तर, मसहितका केहीले योगेश भट्टराई कमरेडलाई समेट्नुपर्छ भनेका थियौँ, उहाँ पर्दा अझ राम्रो हुन्छ भन्ने लागेको पनि थियो, तर पर्न सक्नुभएन, तैपनि मन्त्रिपरिषद् राम्रो छ ।’

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah