दमक/झापाको शिवसताक्षी–१० माइधारमा एक विदुषी आइतबारदेखि भू–तपस्यामा बसेकीछन् । बृन्दादेवी बरालले ९ दिनसम्म अब माटोमुनी निरहार तपस्यामा बस्ने बताईएको छ । ९ फूट गहिरो खाल्डो केहि दिन अघिदेखि खनिएको थियो ।
आइतवार साँझ नौ फिट गहिरो खाल्डोभित्र उनी पसेकी थिइन । त्यसपछि बासँ, प्लाइबोर्ड त्यसमाथीबाट प्लाष्टिक लगाई माटोले माथिबाट पुरिएको थियो । माटोमाथि जमरा राखिएको छ ।
जगतगुरु बालसन्त मोहनशरण देवाचार्य पनि आशीर्बचन दिएका थिए । जनिममुनी पस्नु अघि बरालले भूमिको गुरुत्वाकर्षण शक्ति र एकाग्रताले इश्वरीय शक्ति पुञ्ज सिर्जना हुने र यसले सकारात्मक उर्जाले आफ्नो भू-तपस्या सफल हुने बताएकी थिइन् ।



