दमक/शुरुवातमा नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको गृह मन्त्रीको रुपमा पूर्व डिआइजि समेत रहेका नवराज सिलवाललाइ हेरिएको थियो ।

सबैका अड्कल बाजि यस्तै रहेका थिए । स्वयं ओलीले पार्टीमा प्रवेस गराउने क्रममा पनि यहि आशय प्रकट गरेपछि यो अडकल पनि स्वभाविक जस्तै नै रहेको थियो ।

तर माओबादी केन्द्रसंग मन्त्रालय बाँडफाँडले गृह मन्त्रालय एमालेको भागमा परेन । त्यतिमात्र नभएर सरकारी कागजपत्र किर्ते गरेको आरोप खेप्दै भूमिगत जस्तै भए सरकार निर्माणको समयमा ।

ओली प्रधानमन्त्री भएलगत्तै देखि उनि सार्वजनिक रुपमा देखा पर्न थाले । त्यसपछि उनलाइ गृह राज्यमन्त्रीको रुपमा हेरिन थाल्यो । तीन पटक सरकार बिस्तार भइसक्दा पनि उनि मन्त्रीको रुपमा आएनन् ।

अब सिलवाल मन्त्री बन्ने सम्भवाना न्यून रहेको भएपनि टरि नसकेको पनि बताइएको छ । तर माओबादी केन्द्रका केहि नेताहरुले सिलवालाइ गृह राज्य मन्त्री स्वीकार गर्दा अप्ठेरो पर्ने र आफ्ना नेताको भूमिका गौड हुने तर्क निकालेको श्रोतको भनाइ छ ।

पार्टी एकीकरणकै अवस्थामा पुगेकाले यस्तो समस्या नहुने भन्दै सिलवाललाइ ढिलै भएपनि गृहराज्य मन्त्रीको रुपमा भित्र्याउन सकिने तर्कहरु पनि आइरहेको सम्बद्ध श्रोतको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah