गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुन्धारा केन्द्रीय कारागारको निरीक्षण गरेका छन् । निरीक्षणपछि उनले कैदीबन्दी धेरै र ठाउँ सानो भएको बताएका छन् ।

मंगलबार बिहान सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै थापाले भने, ‘यहाँ धेरै सुधार गर्नुपर्ने देखिएको छ । एउटा ब्लकमा मात्रै १६ सय कैदीबन्दी रहेछन् । ठाउँ सानो भयो । कैदी धेरै भए ।’

उनले कारागार १ सय ४ वर्ष पुरानो रहेको स्मरण गर्दै अब नयाँ संरचना बनाउनु पर्ने बताएका छन् । ‘यहाँ बिरामी कैदीबन्दी र अरुलाई एकै ठाउँमा राखिएको गुनासो आएको छ’,भावुक हुँदै उनले भने, ‘अब नयाँ सरकारले सबै हल गर्छ ।’

थापाले नुवाकोटमा बन्दै गरेको कारागारको निर्माणलाई तीब्रता दिइने बताउँदै निर्माण सम्पन्न भएपछि केन्द्रीय कारागारका कैदीबन्दीलाई त्यहाँ पनि स्थानान्तरण गरिने बताए ।

‘कारागारभित्र निकास गर्नुपर्ने थुप्रै मुद्दा छन् । कतिले झुठा मुद्दा भएको पनि बताएका छन् । तिनीहरुको छिटो फैसला गर्नुपर्छ’, थापाले थपे ।

कारागारको आसपास ठूल्ठूला भवन निर्माण भएको उल्लेख गर्दै उनले अब के गर्ने भन्ने बारेमा नयाँ सरकारले सोच्ने बताए ।

‘यो ठाउँको निम्ति ठीक हुन्छ कि हुँदैन भनेर पनि नयाँ ढंगले सोच्छौं’, उनले भने, ‘जेल सुधारका लागि ३–४ महिनामा ठोस कार्य योजना पनि आउँदैछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah