दमक/झापाको दमकमा सामाजिक र राजनीतिक रुपमा उचाइ प्राप्त गरेका नेताहरु नै जुवा तासमा लिप्त हुने गरेको भन्दै आलोचना शुरु भएको छ । प्रहरीले दमकमा छापा मारेर पक्राउ गर्दै अदालत लैजान थालेपछि पेसेवर जुवाडेहरुहरुको भागभाग शुरु हुन थालेको बताईएको छ ।
कतिपयहरुले खेल्ने स्थान परिवर्तन गरेको पनि बताइएको छ । दमक बाहिर गएर खेल्न थालेको बताइन्छ । संगै खेल्ने साथीहरु पक्राउ परेको र छुटाउनका लागि सहयोग गर्न तिनका परिवारका सदस्यहरु आउन थालेपछि कतिपय दमकबाट नै भागेर केहि दिन राजधानी लगायतका ठाँउमा गएको पनि श्रोतले बतायो ।
प्रहरीले जो सुकै भएपनि पक्राउ गरेर मुद्धा चलाउने तयारी शुरु गरेको इलाका प्रहरी कार्यालय दमक श्रोतले बताएको छ । ठूलाबडालाइ जुवा तास खेल्न छुट नहुने भन्दै सूचना पाएमा तत्काल छापा मारेर पक्राउ गर्ने प्रहरी श्रोतले बतायो ।
जिल्ला प्रशासन कार्यालयमा लैजादा सामान्य धरौटीमा एकैदिनमा छुट्ने भएपछि प्रहरीले अदालतमा लगेर जुवाडेहरुलाइ राम्रै सजाय दिन थालेको छ ।



