विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा साढे चार महिना अघि दमकस्थित त्रिवेणि गेष्ट हाउसमा हत्या गरिएका राजेश मल्लिकक हत्यारालाइ प्रहरीले पक्राउ गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थानीय हिमालय माबिमा कक्षा १२ मा अध्ययनरत मल्लिकको हत्यारा पक्राउ नपर्दा प्रहरी आलोचित हुदै आएको थियो । प्रहरीले हत्याका अभियुक्त उनकै काका भोला भनिने नरेश मल्लिकलाइ पक्राउ गरेको प्रहरी श्रोतले जानकारी दिएको छ ।

उनि लामो समयदेखि भारतमा लुकेर बस्दै आएका थिए । प्रहरी श्रोतका अनुसार उनलाइ काकडभिट्टाबाट पक्राउ गरिएको हो । हत्याको समय देखि नै उनि फरार रहेका थिए ।

https://youtu.be/eJGb5yC5r2g