विष्णुप्रसाद पोखरेल
दमक/दमकको त्रिवेणि होटलमा गत कार्तिक २५ गते हत्या भएका १९ बर्षिय युवा राजेश मल्लिकका हत्यारा आफ्नै काका राजेश भनिने भोला मल्लिक पक्राउ परेकाछन् ।
साँझ दमक चोकको होटलको कोठामा मृत अवस्थामा होटलमा काम गर्ने युवा रहेको सूचना पाएपछि प्रहरीले घटना गम्भिर भएको हुनसक्ने आँशकामा तालिम प्राप्त कुकुर मगाएर नै प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।
छातीमा छुरा हानेर मल्लिकको हत्या भएको थियो । घटना प्रकृती अनुसार कोठामा फेन चलिरहेको, टिभि पनि खोलिएको देखिन्थ्यो । छुरा एकातिर र मान्छे अर्कातिर लडेको अवस्था थियो । फोन छुरा र मान्छेको बीचमा देखिन्थ्यो । ढोका छेउमा शव रहेको थियो।
मल्लिकको मुटुमा नै ताकेर छुरा प्रहार गरेको पाईएको प्रहरीको भनाइ छ । लज केहि समयदेखि मल्लिकले नै हेर्ने गरेको र लज सञ्चालकले बिश्वास गरेर छाड्ने गरेको आफन्तहरुले बताएका थिए ।
प्रहरीले हत्या गर्ने आफ्नै काका भोला मल्लिकलाइ त्यो समयदेखि नै खोज्दै आएको थियो । उनि भारतमा रहेको प्रहरीले सूचना पनि पाएको श्रोतको भनाइ रहेको छ ।
https://youtu.be/eJGb5yC5r2g
https://youtu.be/vUbRzch40v4



