सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय आमसञ्चार नीतिको आधारमा जतिसक्दो चाँडो कानून बनाउने बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक संघ ९अकोराब० नेपालको १७ औँ स्थापना दिवसको अवसरमा यहाँ आज आयोजित सामुदायिक रेडियोको नीति एवं स्थानीय तहसँगको साझेदारी’ विषयक अन्तरक्रियामा राज्यमन्त्री बाँस्कोटाले कानूनी कार्यान्वयनसँगै सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

सोही अवसरमा सञ्चार राज्यमन्त्री बाँस्कोटाले नेपालमा भएका विभिन्न परिवर्तनका आन्दोलन र विपत्का समयमा पु¥याएको योगदानको कदर गर्नुभयो । मन्त्री बाँस्कोटाले सामुदायिक रेडियोले दूुुरदराजका जनतालाई सुसूचित गराएको भन्दै सामुदायिक रेडियोको विकासका लागि आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढाउने सरकारको योजना रहेको मन्त्री बाँस्कोटाको भनाइ छ ।

राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले २०७२ सालको भूकम्पको समयमा सामुदायिक रेडियोले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । पूर्वमन्त्री गंगाधर तुलाधर र प्रतिनिधिसभाका सदस्य यज्ञराज सुनारले आम सञ्चारमाध्यमलाई नियन्त्रणभन्दा पनि नियमन गर्नुपर्नेमा जोड दिनुभयो ।

अकोराब नेपालका अध्यक्ष सुवास खतिवडाले सरकारले जतिसक्दो चाँडो रेडियोको नवीकरण पत्र दिनुपर्ने माग गर्नुभयो । देशभर सञ्चालनमा रहेका ३१५ सामुदायिक रेडियोको छाता संगठनका रुपमा अकोराब नेपालले भूमिका निर्वाह गर्दै आएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah