नयाँ दिल्ली –‘बलिउड बाहिरबाट हेर्दा जति नै रंगीन देखिन्छ भित्रभित्र त्यति नै रंगहीन र अन्धकार छ । र यो आज मात्र होइन ६० वर्ष पहिले पनि यस्तै थियो ।’ यो भनाई अरु कसैको नभइ बलिउड नायिका डेजी इरानीको हो । आफ्नो समयका चर्चित सुपरस्टारसँग काम गरिसकेकी नायिका इरानीले एक अन्तर्वार्ताका क्रममा आफ्ना अतितलाई स्मरण गर्दै बलिउडको भित्री रुपको खुलासा गरेकी छिन्।

उनका अनुसार उनी ६ वर्षको हुँदा उनी बलाकृत भएकी थिइन् । अन्तर्वार्तामा उनले भनेकी छिन्,‘त्यो व्यक्ति मेरा गुरु पर्ने थिए, उनले मलाई ‘हम पंक्षी एक डाल के’ को सुटिङका लागि मद्रास लगेका थिए । त्यही नै एक रात उनले होटलमा मलाई बलात्कार गरे र मलाई आफ्नो पेटीले नराम्ररी पिटे । उसले मैले यो कुरा कसैलाई भने मारदिन्छु भनि धम्काए । मैले उनको डरले यो कुरा कसैलाई पनि भन्न सकिनँ ।’

उक्त व्यक्तिको बारेमा थप बोल्दै उनले भनिन्, ‘अहिले उसको मृत्यु भइसकेको छ । उ प्रख्यात गायक जोहरा बाई अंबालावालीको आफन्त थियो । मेरी आमा मलाई हर हालतमा स्टार बनाउन चाहन्थिन् त्यसैले मैले मराठी फिल्म बेबीबाट एक्टिङ डेब्यू गरेको थिए । मेरो अभिनय देखेर मलाई मद्रास सुटिङका लागि लगिएको थियो। त्यहाँ नै मेरो यौन शोषण भयो । त्यो क्षणको मलाई राम्रोसँग याद त छैन तर म मलाई पेटीले हान्ने तथा बलात्कार गर्ने उक्त दुष्टको अनुहार र त्यो पीडा कहिले पनि भुल्न सक्दिन ।’

१५ वर्षमा भइन कास्टिङ काउचको शिकार
नायिका इरानीले आफू बलाकृत हुनुको साथै काष्टिङ्ग काउचको शिकार समेत भएको खुलासा गरेकी छिन्। उनका अनुसार उनी १५ वर्षको हुँदा निर्माता मल्लिकचन्द कोचरबाट काष्टिङ्ग काउचको शिकार भएकी थिइन्।

-नागरिक न्यूज बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah