दमक,१ पुस÷ झापाको गौरीगञ्जमा आज सम्पन्न श्रीमद् भागवत महापुराणबाट रु १ करोड बढी सहयोग जुटेको छ । विस १९९० मा स्थापित गौरीगञ्जस्थित सो दुर्गा मन्दिरको स्तरन्नति गर्न सहयोगार्थ सञ्चालित नौ दिने महापुराणबाट नगद र जिन्सी गरि रु एक करोडबढी सहयोग जुटेको हो । आज महापुराण समापन कार्यक्रममा पुराण आयोजक समितिले नगद रु १४ लाख ६२ हजार ७ सय ,जग्गा २ विगाहा १४ कठा र भवन निर्माणका लागि इट्टा, बालुवा, रड,सिमेन्ट लगायतको भौतीक साम्रागीहरु समेत दाताहरुबाट संकलन भएको पुराण मूल आयोजक समितिका सचिव पवन दाशले जानकारी दिनुभयो । सचिव दाशले महापुराणमा नगद,जिन्सी गरि करिव रु १ करोड जति सहयोग प्राप्त भएको जानकारी दिनुभयो । यसैवीच पुराणमा रु ५ लाख भन्दा बढी सहयोग गर्नुहुने ताराकान्त दाश,नाराण अग्रवाल,मनदेवी रिजाल, श्याम राजवंशी, नेवदेवी हलुवाई,विपलाल यादव, उदयलाल यादवलगायत दाताहरुलाई पुराण आयोजक समितिले अभिनन्दन गरिएको थियो । त्यस्तै, पुराणका मुख्य कथाबाचक पण्डित आशुतोष खनालसहित पुराणमा सहयोग पु¥याँउने दाता, उपसमितिका सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । पुराण मूल आयोजक समितिका संयोजक विश्वराज रिजालको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख आतिथ्यता समाजसेवी केशरवहादुर श्रेष्ठ रहनुभएको थियो । गौरीगञ्ज –७ स्थित बुधबारे बजारमा आयोजित सो महापुराणबाट संकलित सहयोग रकमबाट सुविधा सम्पन्न मन्दिर निर्माण गरिने गठित पुराण प्रचार समितिका संयोजक निरज अग्रवालले जानकारी दिनुभयो ।
जोर्णोदर मन्दिर बनाउन एक करोड जुट्यो
सवाल नेपालसंवाददाताशुक्रबार, २९ मङ्सिर २०७३

जोर्णोदर मन्दिर बनाउन एक करोड जुट्यो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



