तपाईहरु धेरैले ‘लव एट फर्स्ट साइट’ भनको त सुन्नु नै भएको होला । पहिलो नजरमै प्रेम भनिने यो वाक्यलाई एउटा अध्ययनले यथार्थपरक भएको दावी गरिसकेको छ । उक्त अध्ययनले कसैको प्रेममा पर्नका लागि ४ मिनेटको समय पनि धेरै हुने बताएको छ ।

करिब २० वर्षअघि न्यूयोर्कका एकजना मनोवैज्ञानिक डा. आर्थरले एउटा प्रयोगद्वारा यस भनाईलाई सिद्ध गरेका हुन् । ती मनोवैज्ञानिकले यदि दुईजना मानिसहरु साथै बसेर चार मिनेट मात्र गफ गर्ने र एकअर्काको आँखामा हेर्ने हो भने उनीहरु प्रेममा पर्नसक्ने दावी गरेका छन् ।

आफ्नो भनाईलाई सिद्ध गर्न उनले ३६ वटा प्रश्नहरु तयार गरेका थिए जुन केटाकेटी एकअर्कालाई सोध्छन् । यी प्रश्नपछि दुवै एकअर्कालाई हेर्छन् । ती मनोवैज्ञानिकले यसरी दुई फरक लिङ्गीहरुका आखाँबीच सम्पर्क स्थापित भएपछि दुबैमा एकअर्काका लागि चाहना बढ्ने कुरा बताएका छन् ।

डा. आर्थरले तयार पारेका प्रश्नहरु एकदमै सामान्य किसिमका थिए जुन हाम्रा दैनिक जीवनमा प्रयोग हुँदै आएका छन् । ती प्रश्नहरु गरेपश्चात दुवैले समयमा नै एकअर्कालाई चिन्नसक्ने र बाँकी कामहरु आँखाले गर्ने बताए ।

अध्ययनले दिनमा करिब दश मिनेटभन्दा धेरै ठट्टा गर्ने जोडीहरुको सम्बन्ध लामो समयसम्म रहेन बताएको छ । तर, यस अध्ययनलाई अहिलेसम्म त्यस्तो कुनै आधिकारिक पुष्टि भने मिलेको छैन ।

यसका साथै एक अमेरिकी अनुसन्धानले ‘आइ लभ यु’ भनिने वाक्य फेब्रवरी महिनामा भन्दा पनि नोभेम्बर महिनामा धेरै बोलिने बताएको छ । तर यदि तपाई कसैसँग प्रेममा पर्ने कुराबाट डराउने गर्नुहुन्छ भने यसलाई ‘फिलोफोबिया’ भनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah