विष्णुप्रसाद पोखरेल
दमक/करिब साढे ४ महिना अघि गत कार्तिक २४ मा दमकमा भएको हत्या प्रकरणका अभियुक्त पक्राउ गरेर प्रहरीले सार्वजनिक गरिसकेको छ । हत्यारा आफ्नै घरमा संगै रहने काका रहेको समेत पाइएको छ ।

भोला भनिने नरेश मल्लिकले हत्या गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीले जानकारी दिइसकेकाछन् । आफ्नै भतिजको हत्या कसरी भयो होला ? धेरैलाइ चासो पनि रहेको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा आफ्नी श्रीमति हत्या भएका मल्लिकको काकीसंग हाँसखेल गरेको र जिस्किएको प्रतिशोध साँध्न हत्या गरेको भनि प्रारम्भिक अनुसन्धानको विषयमा जानकारी पनि दिइ सकिएको छ ।

हत्या गर्नु केहि समय अघि हत्या अभियुक्त नरेश मल्लिकले ससुराली जाने भन्दै हत्या भएका राजेश मल्लिकसंग ३ हजार रुपिया मागेको उनले प्रहरीलाइ बयान दिएकाछन् ।

उनि त्यहि ३ हजार रुपिया लिएर बिराटनगर हँुदै जोगवनी भएर भारत भागेका थिए । शुरुवातदेखि नै शंकालु स्वभावले हेरेका नरेशले श्रीमतिसंग भतिज नजिक भएको देखेर भित्रभित्रै जलेका थिए ।

यस विषयमा नरेश र राजेशबीच कुरा हुँदा राजेशले गम्भिर रुपमा लिएनन् । जलन भएका काका नरेशले भने रिस थाम्न सकेनन् र हत्या गरे । हत्या गर्नु अघि त्रिवेणी गेष्ट हाउसमा पानी र कोक पनि खाएका थिए ।

दूइ जना बीचको कुराले कुटाकुट हुने अवस्था आएपछि साथमा चक्कू बोकेर आएका नरेशले भतिज राजेशलाइ चक्कु प्रहार गरे । राजेश छटपटाएको केहिबेरमा श्वास फेर्न छाडे । नरेश बाहिरबाट चुकुल लगाइदिएर फरार भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah