काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि छिमेकीहरुबाट सहयोग चाहिए पनि भीख मागेजस्तो नमाग्ने बताएका छन् ।

अन्जान शाक्य र माधवजी श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाल–चाइना रिलेसन्स् : न्यू एभिन्यूज एण्ड पोसिबिलिटिज्’ राजधानीमा सोमबार लोकार्पण गर्दै प्रधानमन्त्रीले विकासका लागि छिमेकीको सहयोग चाहिने बताए । ‘चीन नेपाललाई सहयोग गर्न सक्ने अवस्थामा छ, चीनको सामर्थ्य पनि छ,’ उनले भने, ‘हाम्रो अवस्था अहिले त्यति राम्रो छैन, अवस्था सुधार भएपछि नेपालले पनि सहयोग गर्छ ।’

प्रधानमन्त्री ओलीले नेपालले सबै छिमेकीसँग मित्रतापूर्ण सम्बन्ध चाहेको पनि बताए । ‘मित्रता असमान हुँदैन र असन्तुलित पनि,’ उनले भने, ‘असमान व्यवहार गरेर मित्रता हुँदैन ।’

भारतले संविधान जारी गर्दा ताका केही असन्तुष्टि जनाए पनि अब त्यो विषय नै सकिएको प्रधानमन्त्रीले बताए । ‘संविधानअन्तर्गत चुनाव नै भएर नयाँ सरकार बनेपछि अब त्यो विषय नै रहेन,’ उनले भने, ‘भारतसँगको सम्बन्ध अझै प्रगाढ बनाउन म नयाँदिल्ली केही समयभित्रै जाँदैछु ।’

चीनले नेपालको सार्वभौमसत्ता र अखण्डता र आन्तरिक मामिलामा अहस्तक्षेपकारी नीति लिने खुला धारणा राखेकोमा प्रधानमन्त्रीले खुसी व्यक्त गरे । उनले ‘अति निकटता’ देखाउँदा शंका पनि गर्नुपर्ने उल्लेख गर्दै भने, ‘कसैले धेरै चाट्छ भने छाला नै लैजान सक्छ, गैंडा भएको मुलुकका नागरिक हौं, कतिसम्म चाटेको हो भन्ने थाहा पाउँछौं ।’ प्रधानमन्त्रीले नेपालको आन्तरिक मामिलामा कसैले हात हालेको सैह्य नहुने बताए ।

आफूले भ्रष्टाचार नगर्ने र नसहने दोहोर्‍याउँदै प्रधानमन्त्रीले विकासबाहेक आफ्नो अर्को कुनै एजेन्डा नभएको उल्लेख गरे ।

कांग्रेसले अहिले पनि वामपन्थीको विजयलाई पचाउन नसकेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तर विपक्षीको साथ आफूलाई चाहिएको बताए । ‘बहुमत दम्भ देखाउन होइन, कांग्रेसलाई अहिले पनि यो कुरा डाइजेस्ट भएको छैन,’ उनको भनाइ थियो, ‘विपक्षी बुरुक्क उफ्रियो भने पनि म नमस्कार गर्छु ।’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–चीनबीचको सम्बन्ध नागरिक तहमै पुगेकाले विकासमा साझेदारी गर्नुपर्ने धारणा राखे ।

कांग्रेस नेतृ सुजाता कोइरालाले ओली सरकारले चीनसँग अघिल्लोपटक गरेका सम्झौता कार्यान्वयन गर्न सुझाव दिइन् । उनले सरकारले स्थायित्व र विकासका लागि काम गर्नुपर्ने बताइन् ।

चिनियाँ राजदूत यू होङले चीनको विकासबाट छिमेकी देशले पनि लाभ लिन सक्नुपर्ने बताइन् ।
कान्तिपुर दैनिक बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah