दमक/झापाको दमकमा बिभिन्न पुराण लगायतका धार्मिक अनुष्ठानहरुको नाममा माइक ठूलो बनाएर बजाउने कार्यले पठनपाठनमा समस्या भएको भन्दै दमकका बालबालिकाहरुले दमक नगरपालिकाको ध्यानकर्षण गराएकाछन् ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाइ नगर बाल सञ्जालले ध्यानकर्षण पत्र बुझाएको छ । यो कार्य तत्काल रोक्नका लागि उनिहरुले माग गरेकाछन् । सञ्जालका अध्यक्ष प्रजेश खनालले हस्ताक्षर गरेर बुझाएको पत्रमा तत्काल यस्तो कार्य रोक्न माग गरिएको छ ।
आफूहरुको पढाइ र परिक्षा समेत यसबाट प्रभावित भएको भन्दै यो रोक्नका लागि माग गरिएको खनालले जनाएकाछन् । नगरपालिकाले यसमा कदम चाल्ने बताएको जनाइएको छ ।



