दमक/झापाको धरमपुरबाट पाँचगाछी जोडने सडक निर्माणमा चरम लापरवाही भएको सार्वजनिक भएपछि जिल्ला प्राविधिक कार्यालय झापाका प्रमुख समेत रहेका इन्जिनियर शुशिल श्रेष्ठले सामान्य समस्या रहेको भन्दै ढाटेको पाइएको छ ।

स्थानीयले गुनासो गरेपछि सम्पर्क गर्दा उनले सोमबार सामान्य समस्या रहेको र सडक छेउमा माटो माथिको केहि पीच भत्केको जनाएका थिए । स्थानीय गुनासोपछि जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेल आफै अनुगमन आएकाछन् ।
उनले लापरवाही भएको पाएको जनाए । निर्माणमा लापरवाही भएको पाएको बताउदै निर्माण ब्यवसायीलाइ यस बिषयमा सचेत गराउदै यस्तो काम रोक्न निर्देशन दिइएको पोर्तेलले जनाए ।

उनले काममा लापरवाही भेटिएको र निर्माण ब्यवसायीलाइ काम गुणस्तरिय गर्न निर्देशन दिने जनाए । तत्काल काम रोक्नलाइ निर्देशन दिइएको समेत उनले बताएकाछन् ।
कान्छाराम ज्योती जेभि काठमाण्डौले बि.स.२०७३ साल असोज ९ गते निर्माण सम्झौता गरेर बि.स २०७४ साल मंसिर २१ गते काम सक्नु पर्ने काम निर्धारित समयमा नसकेको र गुणस्तरहिन काम गरेको सार्वजनिक भएको थियो ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्झौता पछि यो सडक कालोपत्रेको शिलन्यास गरेका थिए । उनले त्यो समय पनि गुणस्तरको बिषय उठान गरेका थिए ।जिल्ला बिकास समिति आफैले यो पीच ठेक्का लगाएको हो ।




