मेचीनगर । मादक पदार्थ सेवन गरेको आरोपमा मेचीनगर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तिलक न्यौपाने बुधबार पक्राउ परेका छन् । पक्राउ परेका वडाध्यक्ष न्यौपाने इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए ।
पटकपटक मादक पदार्थ सेवन गरी कार्यालयमा आउने गरेका वडाध्यक्ष न्यौपानेलाई आज दिउँसो सेवाग्राहीले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेका थिए । इप्रका काँकडभिट्टाबाट खटिएको टोलीले उनलाई कार्यालयबाटै पक्राउ गरेर लगेको हो ।
मेची आम्दा अस्पताल धुलाबारीमा मापासे जाँच गर्दा वडाध्यक्षले मादक पदार्थ सेवन गरेको पुष्टि भएको थियो । वडाध्यक्ष न्यौपाने नेकपा एमालेको तर्फबाट उम्मेद्वार भई वडाध्यक्षमा निर्वाचित भएका थिए ।



