दमक/मेचीनगर नगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष तिलक न्पौपानेलाई स्थानीयले प्रहरीको जिम्मा लगाएका छन । रक्सी खाएर होसै गुमाएर वडा कार्यालय पुगेका अध्यक्ष न्यौपानेले सेवाग्राही वडाबासीलाई अभद्र ब्यवहार गरे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
बुधवार बिहानै देखी रक्सी खाएर लरबरीदैं वडा कार्यालयमा पुगेका वडा अध्यक्ष न्यौपानेले कार्यालयमा बस्दा लगाएको पेन्ट समेत खोलिएको अवस्थामा भएको स्थानीयले बताएका छन ।
बुधबार जिल्ला समन्वय समितिकी सदस्य गंगा कार्र्की सहित पुगेका स्थानीय व्यक्ति तथा वडा सदस्यहरुलाई समेत उनले मातेको सुरमा तथानाम बोलेका थिए ।
वडा अध्यक्ष भए देखी नै न्यौपाने दैनिक जसो रक्सी खाएर कार्यालय जाने गरेका थिए तर बुधबार मर्यादाको समेत ख्याल नगरी वडा अध्यक्ष न्यौपानेले मातेको सुरमा अभद्र ब्यवहार प्रस्तुत गरे पछि भने स्थानीयले प्रहरीलई खबर गरेपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी टंकप्रसाद भट्टराईको नेतृत्वमा गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो ।
करीब अपरान्ह २ बजे पुगेको प्रहरीले निक्कै समयको मेहनत पछि मात्र अध्यक्ष न्यौपानेलाई पक्राउ गर्न सकेको थियो । अध्यक्ष न्यौपानेले आफुलाई जनताले निर्वाचित गरेर जिम्मेवारी दिएकाले प्रहरीले पक्रन नसक्ने भनेर प्रहरीलाई नै हप्काएका थिए ।
प्रहरीले उनलाई निकै समय लगाएर पक्राउ गरेको थियो । उनको यो गतिविधिले स्थानीय जतना समेत आजित भएका छन । बिहानदेखि रक्सी खाएर बस्ने न्यौपानेले वडा सदस्यहरुप्रति पनि दैनिक जसो तथानाम बोल्ने गरेका थिए ।
गत असार १४ गते भएको निर्वाचनमा नेपाली काङ्ग्रेसका हिम्मत क्षेत्री र माओवादीका उत्तम सिठुङलाई हराउँदै नेकपा एमालेका न्यौपाने वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
पक्राउ गरी ईलाका प्रहरी कार्यालयमा राखिएका वडा अध्यक्ष न्यौपानेलाई बुधबार बेलुका नै स्थानीय परिवारको जिम्मा लगार्ईएको ईलाका प्रहरी कार्यालय काकरभिट्टाका प्रमुख डिएसपी टंकप्रसाद भट्टराईले जानकारी दिनु भयो ।
निर्वाचित भएपछि लगातार रुपमा रक्सी खाँदै आएका न्यौपानेलाई यस अघि नेकपा एमाले संस्थागत रुपमा नै धेरै पटक सम्झाउँदै आएको थियो ।
न्यौपाने बाहुनडाँगी गाविसको पूर्व उपाध्यक्ष समेत हुन । त्यस समयमा पनि मादक पदार्थ खाएर गाउँमा सास्ती दिने गरेको स्थानीयहरु बताउँछन ।



