र्टफोनको प्रयोग पछि बढ्दै आएको एप्सहरको क्रेजको फाइदा उठाएर यसका निर्माताहरुले प्रयोगकर्ताहरुलाई नै थाहा नदिई फाईदा लिने ट्रेण्ड बढिरहेको छ । निशुल्क रुपमा गुगलको प्लेस्टोरमा राखेर उपभोक्ताहरुलाई आकर्षित गरिरहेका धेरै एप्सहरु मध्ये गुगल प्लेटोरले केहीलाई हटाएको छ । हटाएका एप्सहरुले स्मार्टफोनमा मालावेयर आक्रमण गरेर प्रयोगकर्तालाई आफ्नै स्मार्टफोन झंझटिलो बनाउने गरेका थिए । यो आक्रमण यति सम्म बढ्दै गएको थियो कि मालावेयर आक्रमण गुगलको प्लेस्टोरमा समेत भएपछि गुगलले त्यस्ता एप्सहरुलाई आफ्नो प्लेस्टोरवाट हटाएको हो ।

सोफोस् ल्यावले गरेको परिक्षणमा देखिएको यो मालावेयरले प्रयोगकर्ताको स्मार्टफोनमा विज्ञापनहरु लगातार दिईरहने काम गर्छ । यो मालावेयरले पपअपको मार्फत् विज्ञापन दिईरहने गर्छ नै साथै नोटिफिकेसन मार्फत् पनि विज्ञापन दिने कार्य गर्छ । यस्तो कार्य गरिरहेका ६ वटा एप्सहरुलाई गुगलले प्लेस्टोरवाट हालै हटाईदिएको छ । यदि तपाईले पनि यो एप्सहरुलाई आफ्नो मोवाईलमा डाउनलोड गर्नु भएको छ भने हटाउन समेत सुझाव दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

क्यूआर कोड फ्रि स्क्यान न्यूनतम डाउनलोड: ५०,००० अधिकतम डाउनलोड: १०,००,०००

क्यूआर कोड स्क्यानर प्रो न्यूनतम डाउनलोड: १,००,००० अधिकतम डाउनलोड: ५,००,०००

क्यूआर कोड स्क्यान बेष्ट न्यूनतम डाउनलोड: १,००,००० अधिकतम डाउनलोड: ५,००,०००

क्यूआर कोड/बारकोड फ्रि स्क्यान न्यूनतम डाउनलोड: ५०,००० अधिकतम डाउनलोड: १,००,०००

क्यूआर एण्ड बारकोड स्क्यानर न्यूनतम डाउनलोड: १०,००० अधिकतम डाउनलोड: ५०,०००

स्मार्ट कम्पास न्यूनतम डाउनलोड: १,००० अधिकतम डाउनलोड: ५,०००

स्मार्ट क्यूआर स्क्यानर एण्ड जेनरेटर न्यूनतम डाउनलोड: ५०० अधिकतम डाउनलोड: १,०००