विष्णुप्रसाद पोखरेल दमक/दमकमा सधैजसो हुने गरेका र्यालीहरुभन्दा फरक थियो विहिबार दमकमा निस्केको एउटा र्याली । जहाँ किशोरीकिशोरी तथा युवायुवतीहरु सडकमा आएर बलात्कारका घटना र महिला हिँसा बिरुद्ध राज्यलाइ कठोर हुन माग गरिरहेका थिए ।

उनिहरुले सांकेतिक रुपमा बलात्कृत भएकी युवतीको पीडालाइ समेत दर्शाएको पाइन्थ्यो । दमक पब्लिक लाइब्रेरी युथ टिमद्धारा आयोजना गरिएको एक दिने सचेतनामुलक महिला हिंसा तथा बलात्कार विरुद्धको कार्यक्रम सयौको उपस्थिति रहेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पहिरन हैन सोच बदलौ ,बलात्कारलाई जेल हैन फाँसी ,नारीलाइ गरि सत्कार रोकौ अब बलात्कार ,प्रशासनको चुपतन्त्र अपराधीको लुटतन्त्र ,एक दुई महिना जेलमा,प्रशासन नाच्छ अपराधीको खेलमा जस्ता नाराहरु लेखिएका पर्चाहरु बोकेर युवाहरु सडकमा आएका थिए ।

सुबास सुवेदी ,आस्था निरौला ,अभय हेमन्त उप्रेती ,ममता तामाङ र नरेन्द्र कोइरालाले बलात्कार एवं महिला हिँसाको बिषयमा आफ्ना सिर्जनाहरु सुनाउदा धेरैका आँखाबाट आँशु रसाएका थिए ।

दमक पब्लिक लाइब्रेरीका अध्यक्ष भेषराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरी, दमक रेडक्रस सोसाइटीका सभापति प्रकाश बुढाथोकी,महिला अगुवा निर्मला चौधारी लगायतले यस प्रकारको कार्यक्रमले सरोकारवालाहरु झक्झकक्याउने बताएका थिए ।

देशमा सार्वजनिक भइरहेका बलात्कार घटनाहरुले युवाहरुले राज्यको ध्यानकर्षण गराउन यस्तो कार्यक्रम गरेको बताइएको छ । बलात्कारीलाइ कडा सजाय तथा फासी दिन उनिहरुको माग थियो ।