मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

प्रयत्न गर्दा पनि कामबाट फाइदा उठाउन सकिंदैन । यात्रामा झन्झट र झमेला आइलाग्न सक्छन् । सामान हराउने वा चोरी हुने डर हुन्छ । शत्रुको चलखेल बढ्ने छ । रोगव्याधिको प्रकोप सुरु हुनसक्छ । आहारविहारप्रति सचेतता अपनाउनु पर्छ । झैझडा र मुद्दा–मामिलाभन्दा टाढा रहेको जाति हुन्छ । बिक्रीबट्टा र व्यापारमा सामान्य फाइदाको योग छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । सन्तति वा आफ्नो प्रतिभा प्रदर्शन गरी प्रशंसा तथा प्रसिद्धि पाउने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ । महत्वाकाङ्क्षी योजना फलीभूत होलान् । पढाइलेखाइमा प्रगति हुनेछ । हडबड गर्दा काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न समय पर्खंदा राम्रो हुनेछ । प्रयत्न गर्दा विशेष काम गर्ने वातावरण तयार हुनेछ । व्यवहारले अरूको विश्वास जित्न सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

साथीभाइसँग सन्तुलित व्यवहार गर्नु पर्ने दिन हो, आज । आफन्तहरू टाढिनेछन् भने काम बिग्रने डरले सताउनेछ । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । कृषि तथा पशुपालनमा लागत बढ्नेछ । पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ । तापनि मिहिनेत गर्दा फाइदा नै हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषिमा मनग्ये धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

हिम्मतले काम बनाउन सकिने छ । ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपलब्धिले थप उत्साह जगाउनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन् । काममा ढिलासुस्ती हुनसक्छ । अप्रिय समाचारले दुःखी बनाउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ । व्यापार/व्यवसायमा सोचेको फाइदा लिन सकिंदैन । लगानी डुब्ने डर हुन्छ । परिवारजनसँगको आत्मीयतामा कमी आउने छ । खर्च बढ्नुका साथै आर्थिक सङ्कटले सताउन सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नतापनि मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । दिगो काम तथा भौतिक साधनका लागि ऋणभार समेत बढ्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

काम गर्दा सोचेभन्दा राम्रो परिणाम प्राप्त हुनसक्ने भाग्योन्नति हुन सक्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने छ । सामाजिक र परोपकारी काममा मन जानेछ । धार्मिक/सामाजिक काममा सहभागी भइने छ वा मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आत्मबल र हिम्मत बढाएर काम गर्न सके आजको दिनलाई राम्रो बनाउन सकिने छ । गरेको कामबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ । सामाजिक र पारमार्थिक काममा झुकाव बढ्ने छ । नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ । दूरदराजम आफन्तसँग आत्मीयताबढ्ने छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

घरायसी समस्यामा तल्लीन हुनुपर्ने भएकाले मनोरञ्जन र रामरमाइलो गर्ने फुर्सत पाइँदैन । व्यक्तिगत स्वास्थ्यमा उतारचढाव आउने सम्भावना हुन्छ । पति/पत्नीका आपसी समस्याले मन खिन्न हुनसक्छ । विविध चुनौती र तनाव आइलाग्न सक्छन् । चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ । बाध्यताले मन खिन्न तुल्याउनेछ ।

ज्योतिष साथि बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah