विष्णुप्रसाद पोखरेल

दमक/सरकारी कर्मचारीले अवकाशपछि पाउने पेन्सन सुविधाले राज्यलाइ आर्थिक भार पर्दै गएको अर्थमन्त्री युवराज खतिवडाले स्वेतपत्रमा उल्लेख गरेपछि यसले कर्मचारी बृतमा खैलाबैला मच्चिएको छ ।

नीजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, सामुदायिक बिद्यालयका शिक्षक लगायत राष्ट्रसेवक कर्मचारीको निवृतिभरणमा चालु आर्थिक बर्षमा मात्र ६२ अर्ब ४० करोड खर्च हुने खतिवडाले जनाएकाछन् ।

यहि तवरले खर्च हुदै जाँदा ५ बर्षको अवधिमा सेवानिवृत सुविधा खर्चमा १५६ प्रतिशत बृद्धि भइ ३ खर्ब नाघ्ने देखिएको छ । राज्यलाइ ठूलो आर्थिक भार पर्ने भन्दै यो सरकारले रोक्न सक्ने सम्भवाना रहेको बताइन्छ ।

सरकारी कोषबाट पारिश्रमिक पाउने राष्ट्रसेवक कर्मचारीहरूका लागि योगदानमा आधारित पेन्सन प्रणाली लागु गर्ने यसभन्दा अगाडि पनि चर्चा र बहस हुदै आएको छ ।

१७ वर्षअगाडि २०५७ मा गठित सार्वजनिक खर्च पुनरावलोकन आयोगले सरकारलाई पेस गरेको प्रतिवेदनमै पेन्सन दिन प्रतिदिन बोझिलो बन्दै गएको ठहर गरेको थियो।

यसका साथै पेन्सनलाई राज्यकोषबाट सधै बेहोर्न नहुने र सम्बन्धित कर्मचारीसमेतको सहभागिता रहने गरी निश्चित कोषको व्यवस्था गर्न उतिबेलै सुझाव दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah