विष्णुप्रसाद पोखरेल दमक/झापाको दमकको मूख्य चोक जेसिज स्तम्भ छेउमा शनिबारको दिन थाना रोड एवं बजार जाने सडक डाक्टर तथा यहाँ रहेका क्लिनिकहरु कब्जा जमाउदा स्थानीय प्रशासन रमिते बनेको पाईएको छ ।

बर्षौदेखि यहाँ शनिबारको दिन डाक्टरका सवारी साधन र क्लिनिक सञ्चालहरुले सडक कब्जा जमाउने गरेकाहुन् । क्लिनिकले सवारी साधन पार्क गर्ने ब्यवस्था नमिलाउदा आफूहरुले सडकमा नै राखेर बिरामीको सेवा दिएको कतिपय डाक्टरहरुले बताउने गरेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://www.youtube.com/watch?v=zmY_ZKNzbxc&t=3s

क्लिनिक अगाडि सिटि रिक्सा, साइकल, डाक्टरका गाडि, एम्बुलेन्स रोकेर राख्दा आवतजावतमा समस्या भएपनि ट्राफिक प्रहरी, नेपाल प्रहरी र स्थानीय प्रशासन रमिते बनेको हो ।

क्लिनिकहरुले शनिबारको दिन बिहानैदेखि काउण्टर नै बाहिर निकालेर पुर्जी काट्ने गरेकाछन् । पुर्जी काटनेदेखि लिएर उनिहरुले ल्याएका सवारी साधन राख्ने सम्म सडकमा नै हुने गरेको छ ।

उनिहरुले त्यस्तो काउण्टर सडकमा नै राखेर रमिता देखाउने गरेको भन्दै यसभन्दा अगाडि बारम्बार यो बिषय उठेपनि सरोकारवाला निकायहरु देखेको पनि नदेखेको हुदै आएको स्थानीय एक ब्यापारीले बताए ।