
प्रेममा ब्रेकअप हुनु नौलो होइन । दिनमा कति प्रेम जोडीहरुले आफ्नो सम्बन्धलाई दुखद मोडमा अन्त्य गरिरहेका छन् । यसरी प्रेममा धोका पाएपछि कतीपय मानिसमा मानसिक विचलन आउने गर्छ । कतीपयले आत्माहत्या समेत गर्छन् ।
प्रेममा महिलाहरु बढी भावुक हुन्छन् भनिन्छ । साथै महिलाको तुलनामा पुरुष वढी धोका दिन्छन् भन्ने सोचाई पनि छ । यो सत्य होइन । एक सोध अनुसार धोका दिनेमा महिला पनि कम नभएको देखिएको छ ।
अर्को पार्टनरको आकर्षण
आफ्नो ब्वाईफ्रेन्ड या गर्लफ्रेन्डसँग सधै उस्तै आकर्षण रहँदैन । प्रेम सम्बन्ध रहेकै बेला अर्को केटा वा केटीप्रति आकर्षण हुन सक्छ । त्यसबेला अर्कै केटा वा केटीले ग्रीन सिग्नल दिएको खण्डमा उसले आफ्नो पुराना ब्वाईफ्रेन्ड वा गर्लफ्रेन्डलाई धोका दिन सक्छन् ।
कहिले काहीँ युवतीहरु आफ्ना पुरानो साथीलाई पाठ सिकाउनका लागि यस्तो कदम उठाउँछन् । केही युवतीहरु जव आफ्ना प्रेमीवाट धोका पाउँछन् तव उनीहरु देखासेखीकै लागि पनि अर्कोसँग सम्वन्ध जोड्छन् ।
सेक्सको कारण
लभ रोमान्समा सेक्सले विशेष महत्व राख्छ । सेक्स लाइफ राम्रो भएन भने लभ रोमान्स पनि स्वादिलो हुँदैन । हुन कतिपयको मान्यता के छ भने प्रेम सम्बन्धमा सेक्स गर्नु पनि धोका हो ।
कसैले भावनात्मक रुपमा धोका दिन्छ भने यो यौन धोखाधडी भन्दा वढी हुन्छ । आफ्ना साथीको मन दुखाउनु नराम्रँो काम हो । यदि हामी आफ्ना पुरानो साथीलाई लुकाएर कसैको नजिक पुगिन्छ भने त्यो पनि धोका हो । कसैलाई थाहा हुदैन कि तपाइको सम्वन्ध कसरी वद्लिन्छ ।
मन खुसी नभएपछि
एक अनलाइन सर्वेक्षण अनुसार ५५ प्रतिशन व्यक्ति यस्ता थिए कि, जो आफ्नो पूर्व ब्वाइफ्रेन्ड वा गर्लफ्रेन्डबाट पूर्ण रुपमा खुसी थिएनन् । यस्तो कुरा ३५ प्रतिशत युवतीले पनि स्विकार ग-यो । पूर्व गर्लफ्रेन्ड वा ब्वाइफ्रेन्डबाट पूर्ण प्रेम पाउनका लागि पनि कतिपय धोका दिन्छ ।



