विष्णुप्रसाद पोखरेल दमक । झापाको दमक ६ स्थित मुख्य बजारमा करिब डेढ करोडको लागतमा बनेको पर्यटकीय नमूना सडकमा लगाइएको सोलारबत्ती एकसाता बित्न नपाउदै बिग्रिएको र अहिलेसम्म त्यो नबनाइएको पाइएको छ । बनाउन आग्रह गर्दा उल्टै वडाध्यक्षलाइ धम्क्याउने गरेको रहस्य पनि खुलास भएको छ । गत असोजमा सोलारबत्ती जडान भएपनि केहि दिन बलेको र त्यसपछि नबलेको वडा नं. ६ का वडाध्यक्ष टेकबहादुर थापाले बताउनु भयो । आफूले तत्काल यो बत्ती जडान गर्ने ब्याक्तिलाइ बनाउनका लागि आग्रह गरेको जनाउदै थापाले भन्नुभयो–‘उल्टै के गर्न सक्नुहुन्छ गर्नुहोस भनेर धम्क्याउने भाषा प्रयोग भएको छ ।’ बारम्बार सोलारबत्ती बाल्नका लागि लिखित र मौखिक आग्रह गरिएको थापाले जनाउनु भयो । नुमना सडक निर्माण उपभोक्ता समिति मार्फत १५ लाखमा १३ वटा खम्बामा सोलारबत्ती जडान गर्ने सम्झौता ब्राइट इनर्जी काठमण्डौले गरेको दमक नगरपालिकाका इन्जिनियर तीर्थनारायण श्रेष्ठले बताउनु भयो । केहि दिन बत्ती बलेपछि आफूहरुले १० लाखभन्दा बढि भुक्तानी दिइसकेको र अब ४ लाख ८१ हजार बाँकी रहेको उहाँले जनाउनु भयो । कम्पनकीको नाममा चेक काटिसकिएको भएता पनि स्थानीयको गुनासोपछि त्यो चेक नदिइएको समेत उहाँको भनाइ रहेको छ । निर्माण उपभोक्ता समितिका अध्यक्ष पुण्यप्रसाद ढुंगानाका अनुसार आफूहरुले काम नराम्रो भएको र समस्या आएको बताएपछि निर्माण कम्पनीले नै कार्तिक महिनामा ब्याट्रि खोलेर लगेको छ । त्यसपछि नयाँ ब्याट्रि ल्याएर नहाल्दा सोलारबत्तीहरु ५ महिनाअघि देखि नै बन्द रहेको छ । अहिले सम्झौता अनुसार काम नभएपछि सम्पर्क गर्न खोज्दा ब्यवस्था गर्ने गरेको उहाँको भनाइ रहेको छ । काम नगर्ने तर नगरपालिकामा बाँकी रहेको रकम भुक्तानीका लागि भने बारम्बार माग गर्ने गरेको नगरपालिकाका इन्जिनियर श्रेष्ठले बताउनु भयो । आफूहरुले सोलारबत्ती बालेपछि बाँकी सबै भुक्तानी गर्ने भनेता पनि उसले भुक्तानी लिएपछि मात्र काम गर्ने भनेर अडान लिएको उहाँ बताउनु हुन्छ । आँशिक रुपमा नमुना मार्ग सञ्चालनमा आइसकेपनि यहि कारणले गर्दा रात्रीकालिन ब्यवसाय यहाँ शुरु हुन नसकेको ब्यापारीहरु बताउछन् । नगरपालिका र उपभोक्ताको करिब १ करोड ५० लाखको लागतमा पर्यटकीय नमुना सडक बनेको हो । प्रधानमन्त्री एवं यस क्षेत्रका साँसद केपी शर्मा ओलीले यो सडकको उद्घाटन गर्ने कार्यक्रम रहेको दमक नगरपालिकाले जनाएको छ । सडकको पीचमा इन्द्रेणी देखिनी खालको पानीको फोहोरा, आकर्षका बत्तीहरु, पर्यटकीय स्टिलका कुर्सिहरु, फूलवारी लगायतका अधिकाँश पूर्वधारहरु बनिसकेकाछन् । (गोरखापत्र)
यो कस्तो काम ? एकसाता पनि टिकेन दमकको नमुना मार्गमा रहेको सोलारबत्ती
सवाल नेपालसंवाददातासोमबार, १८ चैत २०७४

यो कस्तो काम ? एकसाता पनि टिकेन दमकको नमुना मार्गमा रहेको सोलारबत्ती
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३



