काठमाडौं– कम्मरमा बाध्ने पेटीभित्र लुकाएर सुन तस्करी गर्न खोज्ने एक भारतीय नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्।

प्रहरी र भन्सार कार्यालयले दुबईबाट आएका भारतीय नागरिक मोहम्मद हरिफलाई सोमबार बिहान पक्राउ गरेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हरिफले धुलो बनाएर पेटीभित्र सुन लुकाएका थिए। उनीमाथि अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयका प्रमुख नारायण सापकोटाले बताए।

पासपोर्ट नम्बर पी १२७९९३५ नम्बर भएका हरिफ भारतको केरलाका स्थायी नागरिक हुन्।

केरला घर भएका भारतीयहरु नेपालको विमानस्थलमा पटक पटक सुनसहित पक्राउ पर्दै आएका छन्।

-नेपाल लाइभ बाट साभार