प्रधानमन्त्री केपी शर्मा ओलीको ३ दिने भारत भ्रमणलाई मन्त्रिपरिषदले स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले ओलीको भारत भ्रमणलाई स्वीकृत गरेको हो ।

प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मादीको विशेष निमन्त्रणमा चैत २३ देखि २५ सम्म भारतको राजकीय भ्रमणमा जादैंछन् । त्यस्तै मन्त्रिपरिषद बैठकले अर्थमन्त्रालयमा बाहेक हरेक मन्त्रालयमा एकजना मात्र सचिव राख्ने निर्णय समेत गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अर्थमन्त्रालयमा २ जनासम्म हुन सक्ने तर अरु मन्त्रालयमा एकजना सचिव हुने गरि व्यवस्था गर्ने निर्णय गरेको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । त्यस्तै, काठमाडौं उपत्यकाका खानेपानी लिमिटेडलाई एसियाली विकास बैंकले दिने भनेको १० अर्ब रुपैँया अनुदान पनि स्वीकृत गरेको छ। त्यस्तै मिलिनियम च्यालेन्जका लागि अमेरिकाले पाँचवर्षमा ५० अर्ब दिने भनिएको सहयोगपनि स्वीकृत गर्ने निर्णय गरेको छ ।