एजेन्सी । रोबोटले संगीतको धुनमा एकै पटक नाचेर गिनिज बुक अफ् वर्ल्ड रेकर्ड कायम गरेका छन् । इटलीको रोममा एक हजार ३ सय ७२ रोबोटहरु नाचेका थिए ।

सन् २०१६ देखि विभिन्न कम्पनीले नृत्य गर्ने रोबोटको टिम तयार पारिरहेका छन् । कम्पनी यस्ता रोबोटलाई एकैसाथ नृत्य गराएर वर्ल्ड रेकर्ड कायम गर्ने होडमा रहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गएको वर्षको अगस्टमा चीनमा १०६९ डोबी रोबोटद्वारा विश्व रेकर्ड कायम भएको थियो । अब यो संख्या बढेर १३७२ पुगेको छ ।

यो रेकर्ड अल्फा वान एस रोबोटको टिमले कायम गरेको हो ।

https://youtu.be/FjGEg9M8GxI