विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाइ खुर्सानी, आलु, कोपी लगायतका कृषि उत्पादनहरुको माला बनाएर लगाइ दिइ कार्यक्रममा स्वागत गरिएको छ ।
आर्गानिक संसार नेपाल नामक संस्थाले आर्गानिक खेती र बजारीकरणको बिषयमा बुधबार दमक नगरपालिकामा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि ओलीलाइ आयोजकले यस्तो माला लगाइ दिएकाहुन् ।
प्रमुख अतिथि ओली सहित कार्यक्रममा सहभागिहरु यस्तो माला लगाउदा छक्क परेका थिए । कृषि सम्बन्धि कार्यक्रम भएकाले कृषि उत्पादनबाट नै यसरी स्वागत गरिएको जनाईएको छ ।
कार्यक्रममा बोल्दै ओलीले झापाको दमकमा कृषि उत्पादनलाइ बिषादी रहित बनाउन आफूहरुले हदैसम्मको प्रयत्न गर्ने बताएकाछन् । उनले आर्गानिक खेतीसंगै बजारीकरणका लागि समेत किसानलाइ सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उनले बेग्लै आर्गानिक शब्जि बजार तथा स्टलहरुको ब्यवस्था गर्ने बिषयमा समेत नगरपालिकाले चासो दिएको जनाए । उनले उपयुक्त जग्गा खोज्ने काम भइरहेको जानकारी दिए ।



