४ पुुस । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले निर्वाचनसम्बन्धी विधेयक, महाभियोग र संविधान संशोधन प्रस्तावमा प्याकेजमै सहमति कायम गर्न दलहरुबीच गृहकार्य भइरहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो– ‘प्रमुख प्रतिपक्षी दल एमालेलगायत विपक्षी दलसँग प्याकेजमै सहमति गरी मुलुकको विद्यमान समस्या समाधानका लागि सरकार प्रयासरत रहेको छ ।’

मन्त्री नायकले अब बस्ने संसद् बैठकमा यी विषयमा प्याकेजमै सहमति कायम गरेर प्रस्ताव टेबुल गर्ने बताउँदै मुलुकमा निर्वाचनको वातावरण बनाउन तथा राष्ट्रिय समस्या निकासका लागि एमालेले पनि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा ९एमाले०का नेता सोमप्रसाद पाण्डेयले तराई र पहाडलाई अलग पार्ने गरी संविधान संशोधन प्रस्ताव आएकाले यसलाई फिर्ता लिनुपर्ने बताउँदै प्रदेशको सीमाङ्कन फेरबदल गर्ने कुरा असंवैधानिक रहेको धारणा व्यक्त गर्नुभयो ।

मधेसी मोर्चाका नेता जितेन्द्र सोनलले प्रमुख प्रतिपक्षी दललगायतले संशोधन प्रस्तावको विरोधमा संसद् अबरुद्ध गर्न नहुने बताउँदै संविधान संशोधन भएपछि संविधान कार्यान्वयनमा सहज हुने बताउनुभयो ।

नयाँ शक्ति नेपाल पार्टीका नेत्री हिसिला यमीले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै सुनसरी र मोरङका केही जिल्लालाई २ नं प्रदेशमा राख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah