विष्णुप्रसाद पोखरेल
दमक / जिल्ला समन्वय समिति झापाले झापालाइ नमूना जिल्ला बनाउनका लागि बहु आयमिक योजनाहरु अघि सारेको छ । जिल्ला समन्वय समिति झापाले स्थानीय तहहरुको अनुगमन र बृहत्तर छलफलपछि यस्ता योजनाहरु अघि सारेको हो ।
जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसंग समेत योजनाको बिषयमा छलफल भएको छ । छलफलपछि ति योजना कार्यन्वयनका लागि बजेटका लागि ध्यानकर्षण गराइएको समेत उनले जानकारी दिएकाछन् ।
प्रधानमन्त्री निवास बालुवाटार गएर नै पोर्तेलको नेतृत्वको टोलीले झापालाइ नमूना जिल्ला बनाउने योजनाहरु ओलीलाइ बुझाएको हो । ओलीले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि टोली उत्साहित भएको जनाईएको छ ।
देवराज घिमिरे, एमाले झापा अध्यक्ष चिन्तन पाठक, एमाले नेता दबेन्द्र दाहाल लगायत झापाका साँसदहरुको उपस्थितिमा छलफल भएको पोर्तेलले जानकारी दिए ।
क). यातायात तथा पूर्वाधार निर्माण संग सम्बन्धित आयोजनाहरु ः
१. आगामी दुई वर्ष भित्रमा झापा जिल्लाभित्र पर्ने हुलाकी मार्गको खण्ड कालो पत्रे गरी सडक निर्माण गर्ने साथै हुलाकी मार्गमा पर्ने नदीहरुमा पुलहरु निर्माणलाई तिव्रता दिनु पर्ने ।
२. विर्तामोडबाट झापाको सदरमुकाम चन्द्रगढी जोड्ने सडकलाई स्तरउन्नति गरी ढल सहितको चार लेनको सडक निर्माण गर्ने
३. चुरे राजमार्गको म्एच् तयार भईरहेकोले सो राजमार्ग आगामी आ.ब बाट निर्माण कार्य शुरु गर्नु पर्ने । पूर्व पश्चिम रेल मार्ग कार्य झापाबाट सुरु गर्नु पर्ने । पूर्वपश्चिम राजमार्गलाई न्युनतम ६ लेनको हुने गरि बिस्तार गर्नु पर्ने र सो कार्य काकडभिट्टाबाट आरम्भ गर्नु पर्ने ।
४. भद्रपुर विमान स्थललाई क्षेत्रीय तथा अन्तरदेशीय एयरपोर्टको रुपमा विकास गर्नु पर्नेछ ।
५. बिर्तामोड सनिश्चरे खुदुनाबारी हुदै ईलाम जोडने सडक, काकडभिट्टा बाहुण्डागी सलकपुर सडकको निर्माण गर्नु पर्ने ।
६. देहायका विभिन्न गाउ“ तथा नगरपालिका जोड्ने सडकहरुको स्तर उन्नति गर्नु पर्ने ।
बिर्तामोड – अधिकारीचोक – बगान हुंदै कचनकवल गाउ“पालिका जोड्ने सडक, लक्ष्मीपुर – घैलाडुब्बा – राजगड घेरावारी जोड्ने सडक, सुरुङ्गा – झापा – लसुना सडक, दुधे – शिबगञ्ज – महाभारा जोड्ने सडक, धरमपुर–पाचगाछी जोड्ने सडक, केरखा–क्याम्पा–महाभारा जोड्ने सडक, पाडाजुगी–स्कुलचौन चप्रामारी दामुना खजुरगाछी जोड्ने सडक, भद्रपुर– ज्यामीरगढी – ईट्टाभट्टा सडक, भद्रपुरको सगरमाथाचोक हल्दीबारी गोलधाप, फुलबारी हुदै मोरङ्को अम्बरपुर जोड्ने सडक, भद्रपुर एयरपोर्टबाट धुलाबारी जोड्ने सडक, सुरुङ्गाको लक्ष्मीमार्ग सडक निर्माण गर्ने, दुर्गापुरबाट दहीझोडा हुंदै इलामको दानाबारी जोड्ने सडक, चारपानेबाट बाह्रदशी हुदै राजगढ जोड्ने सडक, देवनीयबाट बुधबारे रामप्रधान सालीक, बिर्तामोडबाट गोलधाप हुदै राजगढ जोड्ने सडक, भद्रपुरबाट धुलाबारी हुदै ईरौटार जोड्ने सडक, सताक्ष्ँीबाट झिलझिले हुदै हक्कलबाडी सडक, डुडामारीबाट पाचगाछी हुदै कुञ्जीबारी जोड्ने सडक, गरामनीबाट पाराखोपी हुदै जलथल सडक ।
ख) सिचाई र नदी नियन्त्रण
१) मेची नदी सिमा नदी भएकोले आगामी आब बाट तठबन्धन थाल्नु पर्ने ।
२) झापाका सबै नदी प्रणालीहरुलाई एकिकृत गर्ने कार्यको अध्ययन गर्नु पर्ने । यसरी नदी एकिकृत गर्दा हजारौ हेक्टर जमीन उकास हुने र बर्षेनी हुने बाढी र डुवानबाट हुने जनधनको क्षती न्युनिकरण हुने देखिन्छ । नदी एकिकरणको लागि ड्याम बनाउंदा उक्त ड्यामलाई पानी मार्गको रुपमा समेत विकास गर्न सकिने देखिन्छ ।
ड्ड कमल नदीलाई कनकाई नदीमा एकिकृत गर्नु पर्ने, मावालाई रतुवामा, बिरिङ्ग नदीमा टाङ्गटिङ्ग नदीलाई एकिकृत गर्ने, त्यसपछि क्रमशः सबै नदी प्रणालीलाई एकिकृत गर्दै लानु पर्ने ।
ड्ड कनकाई नदीलाई सिचाईमा आधारित हुने गरि कनकाई बहुद्देशिय परियोजनाको म्एच् तयार गरी परियोजना अगाडि बढाउनुु पर्ने ।
३) मावा, रतुवा, माई, विरिङ्ग, निन्दा, कमल, सुरुङ्गा, अदुवा, टिमाई, हडिया, देवनीया, घाग्र, सानो माई, सताक्षी नदी नियन्त्रणको लागि प्रभावकारी तठबन्धन गर्नु पर्ने ।
ग). कृषि क्षेत्र सम्बन्धी आयोजनाहरु ः
१. रतुवामाई बृक्षरोपण आयोजनालाई घांस र फलफुल उत्पादन केन्द्रको रुपमा विकास गर्नु पर्ने । त्यस क्षेत्रमा उत्पादित घांसको प्रसोधन गर्ने उद्योगको स्थापना गर्नु पर्ने ।
२. चन्द्रडांगीमा रहेको कृषि फारमलाई प्रदेश नं. १ स्तरीय बिऊ बिजन उत्पादन तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्नु पर्ने ।
३. खाद्य आयात गर्दा बिषादी र खाद्य गुणको परीक्षण प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन काकडभिट्टा नाका गुणस्तर नियन्त्रण केन्द्र स्थापना गर्नु पर्ने ।
४. कृषि उत्पादनको भण्डारको रुपमा विकास गर्न झापा जिल्लामा रहेको धानको सुपरजोनलाई विस्तार गरी थप चिया, मकैं, सुपारी र माछाको सुपरजोन घोषणा गर्नु पर्ने ।
५) सहकारीको संयुक्त लगानीमा कृषी, पशुपालन, र पर्यटनमा आधारित उधोगहरु स्थापनाका लागि गर्न ।
६) दुधको पाउडर उधोग सहकारीसँग सहकार्य स्थापना गर्न
७) युवा स्वोरोजगार हुने गरि कृषी फर्मको विकास गर्न
८) चियाको अक्सन सेन्टर स्थापना गर्न
९) बिर्तामोडमा रहेको कृषीथोक बजारलाई अत्याधुनिक कृषी थोक बजार रुपमा विकास गर्न । मेचीनगरमा भारत, भुटान तथा बगलादेश सम्म कृषीजन्य बस्तुको निर्यात गर्न सकिने व्यवस्थित कृषीथोक बजार तथा प्रदर्शनी स्थल स्थापना गर्न ।
ग). पर्यटन विकास क्षेत्र सम्बन्धी आयोजनाहरु ः
१. इलामको सलकपुर देखि झापा दमकको बुद्धमुर्ति निर्माण स्थल रहेका विभिन्न ३२ पपर्यटकीय स्थल जोड्दैे पर्यटकीय पद मार्गको निर्माण गर्नु पर्ने ।जसबाट ३२ हजार परिवार प्रत्यक्ष लाभान्वित हुने छन ।
२. जलथलको चारकोशे जंगल दक्षिण एसिया कै एक मात्र जैविक विविधता युक्त जंगल रहेकोले समुदायमा आधारित संरक्षित क्षेत्रको रुपमा विकास गर्न । जंगलको वरपरि रिङरोड सहित तारबार निर्माण गरी हात्ती लगायतका जनावरहरुबाट हुने जनधनको क्षतिलाई न्यूनिकरण गर्न । साथै तारबारलाई देउनीया नदीमा आधारित भएर चारआली जंगल हुदै बहुबनसंग जोड्ने र जिल्लाको उत्तरी क्षेत्रका जंगलहरु समेत समेटेर हाति करिडोर निर्माण गर्नु पर्र्नेे ।
३. झापा रहेका निम्न अनुसारका बिरभुमी (सुखानी शहादत्त स्थल, सुखानी स्मृती पार्क, विभिन्न शहिद उद्यान र पार्कहरु) कर्मभुमीहरु, महाभारतकालीन ऐतिहासिक तथा पौराणिक भुमीहरु (अर्जुनधारा जलेश्वरधाम, किच्चकबध, सताक्षीधाम,बिराटपोखरी, चिल्लागड, कृष्णथुम्की, धनुषकोटीधाम, पाचपोखरी), सांस्कृति धार्मिकभुमीहरु (कोटीहोम, बाह्दशी) सिमसार तथा पर्यटकीय क्षेत्रहरु (जामुनखाडी, सालबारी, बांसघारी, भेलागुडी) को एकिकृत पर्यटन विकासको योजना निर्माण गर्नु पर्ने
४. पूर्वपश्चिम राजमार्गको उत्तर दक्षिण १० किलोमिटर क्षेत्रमा कम्तीमा ५ सय मान्छे अटाउन सक्ने गरि संस्कृति र प्रकृति मैत्री ज्यmभ क्तबथ स्थापना गरी ईलाम, पा“चथर र ताप्लेजुङ्ग लगायत पुर्वी पहाडी क्षेत्रमा आउने पर्यटकहरुको त्चबलकष्त एयष्लत को रुपमा झापालाई विकास गर्नु पर्ने ।
५. नेपालकै होचो भुभाग कचनकवललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न बिशेष योजना तयार गर्नु पर्ने ।
६. कनकाई कोटि होम क्षेत्रलाई बिस्तार गरि नेपालमा पाईने सबै जातिको पहिचान झल्कने समुदायमा आधारित (समावेशी पार्क) सांस्कृतिक उद्यान निर्माण गर्नु पर्ने ।
७. भुटानी शरणार्थी क्याम्प रहेको स्थलहरुमा भुटानी शरणार्थी स्मृती पार्क निर्माण गर्न ।
८. गोलधाप शरणार्थी सिवीर रहेको स्थललाई शहिद स्मृती पार्क स्थापना गर्न ।
९. कन्काई नपामा कोच राजवंशी, कचनकवलमा गन्दर्भ, हल्दीबारी गाँपामा मेचे, झापा गाउपालिका सन्थाल, मेचीनगर नपामा दलित समुदाय र किसान, दमक नपामा धिमाल सांस्कृतिक होम स्टे सहित संस्कृतिक संग्राहलय स्थापना गरि संस्कृतिक पर्यटनको विकास गर्न ।
१०. बुद्धशान्तिको ठुटेबर क्षेत्रमा बन्जीजम र ठुटेबर–पाथीभरा र धनुषकोटी–सतासीधाम केवलकार निर्माण र सञ्चालन ।
११. बुद्धशान्तिको सुनमाईबाट ठुटेबर जोड्ने नेपाल कै अग्लो झोलुड्डे पुल निर्माण
घ) शिक्षा
३. मेची अञ्चल अस्पताल र मेची बहुमुखी क्याम्पसको क्षेत्रलाई एकिकृत गरि प्रदेश नं. १ स्तरीय मेडिकल कलेजको रुपमा विकास गर्नु पर्ने ।
४. बुद्धशान्ति गाउ“पालिकाको टिमाई शिविर रहेको जमिनमा कृषि क्याम्पस (पशु र पक्षी) स्थापना गर्नु पर्ने ।
५. खुदुनाबारी भुटानी शरणार्थी क्याम्प भएको क्षेत्रमा आयुर्वेदिक क्याम्पस स्थापना गर्नु पर्ने ।
६. पर्यटन, होटल व्यवस्थापन क्याम्पस स्थापना गर्न
ङ). अन्य ः
१. कलवलगुडीमा रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्रलाई प्रदेश नं. १ स्तरीय मानव संसाधन विकास केन्द्रको रुपमा विकास गरी उक्त केन्द्रमा जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, नागरिकको क्षमता विकास गर्ने प्रशिक्षण स्थल को रुपमा निर्माण गर्ने
२. मेची रंगशाला भद्रपुर, डोमलाल रंगशाला विर्तामोड, पाडाजुंगीको रंगशालालाई व्यवस्थित रंगशालाको रुपमा विकास गर्नु पर्ने ।
३. निजी क्षेत्र र सहकारी क्षेत्र (चिकित्सा शिक्षा, ईञ्जीनियरिड्ड, दुध डेरी, चिया प्रासोधन कारखाना, चिया बगान) ले सुरु गरेका महत्वपुर्ण परियोजनाहरुलाई दिगो बनाउन ।
४. दमकमा औधोगिक पार्क निर्माणको कामलाई तिव्रता दिन र झापामा एक औधोगिक क्षेत्र स्थापना गर्न



